×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको विशाल जीत, मोहम्मद अब्बासको उत्कृष्ट प्रदर्शन

कात्तिक २, २०७५

NTC
Premier Steels

काठमाडौं – यूएईको अबु धाबीमा शुक्रवार सम्पन्न शृंखलाको दोस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानले अस्ट्रेलियालाई ३७३ रनको विशाल अन्तरले हराएको छ । यससँगै पाकिस्तानले शृंखला जितेको छ ।

जीतका लागि असम्भव ५३८ रन पछ्याएको अस्ट्रेलिया १६४ रनमै अलआउट भएको थियो । उस्मान खवाजा घाइते भएर ब्याटिङ गर्न नसकेपछि नौ विकेट खसेपछि नै अस्ट्रेलिया पराजित भएको हो ।

रन अन्तरमा पाकिस्तानको अस्ट्रेलियाविरुद्ध यो नै सर्वाधिक ठूलो विजय हो ।

पाकिस्तानको जीतमा मोहम्मद अब्बासको महत्त्वपूर्ण योगदान रह्यो । उनले पहिलो इनिङमा पाँच र दोस्रो इनिङमा पनि पाँच विकेट लिए ।

टस जितेर ब्याटिङको निर्णय लिएको पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर २८२ रन बनायो । उसका लागि फखर जमान र कप्तान सरफराज अहमदले समान ९४ ९४ रन बनाए । 

कुनै समयमा ५७ रनमा पाँच विकेट गुमाएको पाकिस्तानलाई यी दुईले १४७ रनको साझेदारी गरेर उकासेका थिए । 

अस्ट्रेलियाका लागि नाथन लियोनले ७८ रन खर्चेर चार विकेट लिएका थिए भने मार्नस लाबुशांगेले तीन विकेट हात पारेका थिए ।

जवाफमा ब्याटिङ गरेको अस्ट्रेलिया जम्मा ५०.४ ओभर टिकेर १४५ रनमै अलआउट भयो । उसका लागि आरोन फिन्चले सर्वाधिक ३९ रन बनाए । 

मोहम्मद अब्बासले घात बलिङ गर्दै ३३ रन खर्चेर पाँच विकेट हासिल गरे भने बिलाल असिफले तीन विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तानले नौ विकेट गुमाएर ४०० रनमा पारी घोषणा गरेको थियो । बाबर आजम ९९ रन बनाउँदा मिचेल मार्शको एलबीडब्ल्यूको शिकार भएर शतक बनाउनबाट चुकेका थिए ।

त्यस्तै कप्तान अहमदले दोस्रो इनिङमा पनि राम्रो प्रदर्शन गर्दै ८१ रन बनाएका थिए । फखर जमानको ६६ र अजहर अलीको ६४ रनको पनि महत्त्वपूर्ण योगदान रह्यो ।

अस्ट्रेलियाका लागि लियोनले नै फेरि राम्रो प्रदर्शन गर्दै चार विकेट हात पारे । लाबुशांगेले दुई विकेट लिए ।

५३८ रनको असम्भव लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया कहिल्यै सम्हालिएन र नियमित अन्तरमा विकेट गुमाउँदै गयो । लाबुशांगेले सर्वाधिक ४३ रन बनाए ।

अब्बासले दोस्रो इनिङमा पाँच विकेट लिए भने यासिर शाहका नाममा तीन विकेट रह्यो ।

पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

दुई टेस्ट शृंखलाको समाप्तिपछि अब पाकिस्तान र अस्ट्रेलियाबीच तीनवटा टी२० खेल हुनेछन् । पहिलो टी२० बुधवार खेलिनेछ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x