कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरका स्थानीय लालुराम चौधरी उमेरले ७५ वर्षमा टेकेका छन् । उनको बढ्दो उमेरसँगै परोपकारी कदम पनि बढ्दै गएको छ ।
झण्डै ६ महिनादेखि वडा कार्यालय कहाँ राख्ने भन्ने बल्झिएको समस्यालाई हालै उनले निकास दिएका छन् । नगरपालिका–१० को वडा कार्यालय कहाँ राख्नेबारे वडाबासीबीच निकै सकसपूर्ण अवस्था थियो । सबैले आ–आफ्नो पायक पर्ने स्थानमा सार्नुपर्नेमा जोड गर्दै आएका थिए । तर, निर्विवादित जग्गाको विकल्प दिनमा भने सबै चुकेका थिए ।
कार्यालय स्थापनाको लागि हालै बोलाइएको भेलामा वडाबासीबीच सधैझैं बाझाबाझ हुँदै थियो । सो भेलामा लालुराम पनि सहभागी हुन पुगेका थिए । घम्साघम्सी भइरहेका बेला उनले ‘कार्यालय स्थापनाको लागि जग्गा म दिन्छु’ भने पछि सबैको बोली बन्द भयो ।
यति मात्रै कहाँ हो, दानवीर लालुरामले वडा कार्यालय स्थापनाको लागि मात्रै नभई एकसाथ स्वास्थ्य चौकी बनाउनको लागि पनि जग्गा दिन्छु भनेपछि महिनौंदेखि बेमेलमा बसेका वडाबासी पटपट–पटपट ताली बजाउन बाध्य भए ।
लालुरामले वडा कार्यालय स्थापना गर्न ४ कट्ठा र स्वास्थ्य चौकी स्थापना गर्न ३ कट्ठा गरी ७ कट्ठा जग्गा दान गर्ने घोषणा गरेका छन् । जसको मूल्य करीब २२ लाख रुपैयाँ हुन आउँछ ।
उनी भन्छन्, ‘समाजमा समस्या देखेपछि मलाई राम्रो लाग्दैन । समाजको समस्याले तनाव दिन्छ । बल्झेको समस्यालाई निकास दिन मैले थोरै सहयोग गरेको हुँ ।’
वडा कार्यालय स्थापनाको लागि वडा क्षेत्रको करीब ५ ठाउँबारे विवाद थियो । तर, टुंगो कतै लाग्न नसकेको वडाध्यक्ष पदमबहादुर ऐर बताउँछन् । लालुरामले गरेको हिम्मतको वडा कार्यालयले स्वागत गरेको बताउँदै उनले उचित सम्मान दिने प्रतिवद्धता जनाए ।
गौरीगंगा नगरपालिकाका मेयर भीम देउवाले चाँडै नै लालुरामसँग भेट्ने इच्छा भएको बताए । महिनौंदेखि बल्झिएको समस्यालाई निकास दिएको बताउँदै मेयर देउवाले समाजमा लालुरामजस्ता दानवीर पुरुष बिरलै मिल्ने भन्दै प्रसंसा गरे ।
सादा जीवन उच्च विचारका खानी लालुराम पहिलैदेखि सामाजिक कार्यमा क्रियाशील छन् । धेरै समस्याको निकास व्यक्तिगत प्रयासबाटै दिएका छन् । वडा कार्यालय र स्वास्थ्य चौकी स्थापनाको लागि मात्रै होइन, उनले २०४६ सालमा उदासीपुर गाउँस्थित सरस्वती माध्यमिक विद्यालय स्थापनाको लागि साढे ३ कट्ठा जग्गा दान गरिसकेका छन् ।
मानव जीवनको सार्थकता बुझेको र यसै जीवनकालमै केही गर्नुपर्छ भन्ने विचार बोकेका लालुरामले एक पटक त १ विघा जग्गादान गर्ने घोषणा नै गरेका थिए । २०६४ सालमा प्राथमिक स्वास्थ्य चौकी उदासीपुर गाउँमा बनाए १ विघा जग्गादान गर्नेसम्मको घोषणा गरेको उनले सुनाए । तर, प्राथमिक स्वास्थ्य चौकी गाउँमा नबन्ने भएपछि दान गर्न नपाएको उनी बताउँछन् ।
समाज उत्थानको प्रेरणा कहाँबाट मिल्यो भन्ने लोकान्तरको जिज्ञासामा उनी मन्द मुस्कानसहित भन्छन्, ‘मेरो मनमा पहिल्यैदेखि सामाजिक विकासका लागि केही गर्नुपर्छ । हामीले नगरे कसले गर्ला भन्ने भावनाले डेरा जमाएको छ । जन्मिदा खाली हात आयौं, खाली नै जानुछ । लिएर जानु केही छैन भन्ने कुरा पहिल्यैदेखि बुझेको छु । जुनकारण क्षमता अनुसारको सहयोग गर्ने तत्परता देखाउँछु ।’
अर्को प्रसङ्ग सुनाउँदै उनले भने, ‘मेरो जेठो छोरा सानो छँदा १ घण्टा पैदल हिँडेर पृथ्वीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा पढ्न जान्थ्यो । स्कूलबाट फर्केपछि उ निकै थाकेको हुन्थ्यो । फर्केपछि उ बिना खाना खाएर निदाउँथ्यो ।
साह्रै चिन्ता लागेर आउँथ्यो । यो अवस्थामा छोरोले कसरी पढ्ला भनेर ? मेरो सन्तानझैं अरुको सन्तानले शिक्षाआर्जनमा समस्या झेल्न नपरोस् भनेर उतिबेलै सरस्वती माध्यमिक विद्यालयको भवन बनाउन जग्गा दिएको दिए ।’
लालुरामको नाममा १३ विघा जमिन थियो । उनले आफ्नो ३ भाइ छोरालाई जग्गाको अंश दिएपछि उनीसँग अझै ३ विघा जमिन थियो । त्यसै ३ विघा जमिनमध्ये उनले वडा कार्यालय, स्वास्थ्य चौकी स्थापनाको लागि ७ कट्ठा जमिन दिने निर्णयमा पुगेका हुन् ।
उनको निर्णयमा उनको परिवारले साथ दिएका छन् । उनको जेठो छोरा भीम चौधरी र माइलो छोरा छोटेलाल चौधरीलगायत परिवारका सदस्यले बुवाको निर्णयमा साथ दिएको बताएका छन् । निर्णय लालुरामले एक्लै लिएका थिए । छोरासँग सल्लाह गर्ने मौका पाएका थिएनन् । जुनकारण बुवाले एक्लै ठूलो निर्णय लिएको भन्दै गुनासो पोखेका थिए ।
उनको जेठो छोरा भीमको समाजसँग भने केही गुनासो रहँदै आएको छ । उनले समाजको लागि योगदान दिने मान्छेलाई मूल्यांकन नगरेको गुनासो पोखे । स्कूल स्थापनाको लागि योगदान दिएपनि कुनै मूल्यांकन नभएको बताउँदै उनले भने, ‘बुवाले समाजको लागि ७ कट्ठा दान गर्ने घोषणा गर्नुभयो । पहिलेको जस्तो अवमूल्यन नहोस् भन्ने हाम्रो भनाई छ ।’
लालुरामले दान गरेको जग्गामा बनाइएको भौतिक संरचनामा ‘लालुराम शिर बगरिया कुश्मी’ लेखेको हेर्न पाउने इच्छा जाहेर गरेका छन् । ‘शिर बगरिया कुश्मी’ लालुरामको थर हो ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...