×

NMB BANK
NIC ASIA

मदन भण्डारी राजमार्गले ल्यायो खुशी : घरमै तरकारी बेचेर लाखौं आम्दानी

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – सल्यान जिल्लाको कालिमाटी गाउँपालिकासँग सिमाना जोडिएको गुर्भाकोट नगरपालिका–२ गहिरी बजार केही वर्ष पहिले विकट थियो ।

Muktinath Bank

पर्याप्त सिँचाइको सुविधा भएको, उब्जनीयोग्य जमिन हुँदाहुँदै पनि प्रायः व्यक्तिले धान खेती मात्रै गर्ने गरेका थिए । किसानको मुख्य उब्जनी गर्ने खाद्यपदार्थ धान र गहुँ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले अवस्था फेरिएको छ । दाङदेखि बोटेचौर जोड्ने मदन भण्डारी राजमार्ग निर्माणमा तीव्रता आएको छ । सुर्खेतको बोटेचौरबाट झण्डै १ घण्टाको मोटर यात्रापछि पुगिने गहिरी बजारबाट अहिले काठमाडौं, सुर्खेत, नेपालगञ्जका लागि बस छुट्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

यातायात सुविधा पुगेपछि स्थानीयले तरकारी खेती गर्ने गरेका छन् । नजिकै जंगल भएका कारण स्थानीयले गाई र बाख्रापालन पनि राम्रोसँग गरिरहेका छन् । टमाटर खेती उनीहरूको मुख्स आयस्रोत नै बनेको छ । 

Vianet communication
Laxmi Bank

तरकारी खेती गर्ने मध्येका एक किसान हुन् यामबहादुर बुढा । ‘पहिले गाडी नआउँदा र सडक सञ्जालले नछुँदा हामीले गरेको उत्पादनलाई बजारसम्म लैजान सकिँदैनथ्यो,’ बुढाले भने, ‘अहिले हाम्रो समय फेरिएको छ, तरकारी र टमाटर बिक्री गर्न बजार खोज्न पर्दैन । ग्राहक घरमै आएर लैजाने गरेका छन् ।’

धानखेती पाक्ने बेला उनले केही जमिनमा काउली, सागपात लगायतको बेर्ना रोपेका छन् । ‘अबको केही दिनमै धानखेती ओसारेर तरकारी खेती लगाउन शुरू गर्ने छौं,’ उनले भने, ‘बारीमा मैले गोभी, काउली, आलु र सागपात लगाउने योजना बनाएको छु ।’

अर्का किसान यामबहादुर थापाले पनि अहिले टमाटर खेती गरेका छन् । उनको बारीमा अहिले घिरौला तथा सिजनमा फल्ने अन्य लहरे तरकारी फलेका छन् । करेला पनि उनको बारीमा फलेको छ ।

उनले गत वर्ष मात्रै तरकारी खेतीबाट ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे । उनका अनुसार तरकारी खेती गर्न सकेको खण्डमा मनग्यै कमाइ हुने गरेको छ । 

‘गहिरी बजारमा तरकारी उत्पादन गर्न सके दाङको तुलसीपुर तथा सुर्खेतको बोटेचौर, छिन्चु वा वीरेन्द्रनगरसम्म बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘तर, त्यसका लागि इमान्दारिता र काम गर्ने इच्छाशक्ति हुनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x