×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

कात्तिक ५, २०७५

NTC
Premier Steels

चितवन-  बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । 

अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि आउने गर्दछन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसार यहाँका दुई निजी कलेजले सरकारी अस्पतालमा प्रयोगात्मक कक्षा गर्ने गरी नर्सिङ विषय पढाउने गरेका छन् । नर्सिङमा प्रविणता प्रमाणपत्र तह सञ्चालन गरेको आइओएमटीले गत वर्ष एकमुष्ट रु १९ लाख ९५ हजार र स्नातक तह सञ्चालन गरेको श्री मेडिकल एण्ड टेक्निकल कलेजले रु ५४ लाख ४५ हजार बुझाएका छन् । यस वर्ष उनीहरुले पाँच प्रतिशत थप रकम बुझाउने छन् । यसका अतिरिक्त ती कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि पठाउँदा अन्य सरह शुल्क तिर्नुपर्ने हुन्छ । 

अस्पतालका अनुसार अनमिका विद्यार्थीले रु दुई हजार ५००, प्रविणता प्रमाणपत्र तहले रु चार हजार ५००, स्नातक तहका विद्यार्थीले रु छ हजार र स्नातकोत्तर विद्यार्थीले रु सात हजार मासिकरुपमा भुक्तानी गर्ने गर्छन् । गत वर्ष प्रयोगात्मक कक्षाको मात्र रु एक करोड ८१ लाख र दुई नर्सिङ कलेजले एकमुष्ट रकम बुझाएका थिए मेडिकल सुपरिटेन्डेन्ट पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारी बिरामी उपचारका लागि अस्पताल आउने गर्दछन् । अस्पतालमा ६०० श्यया छ । जसको ८५ प्रतिशत हाराहारीमा विरामी भरिने गर्दछ । 

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर अस्पताल हो । उक्त अस्पतालका प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार वार्षिक १५ हजार आमाले बच्चा यही अस्पतालमा जन्माउँछन् । अधिकारीले प्रसूति विभागमा बिरामीको चाप बढी हुने भएकाले देशका विभिन्न ठाउँका स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भरतपुर अस्पताल उपयुक्त मानिएको बताउनुभयो । प्रयोगात्मक कक्षाबाट आम्दानी राम्रो हुँदा अस्पताल सञ्चालनमा टेवा पुगेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x