×

NMB BANK
NIC ASIA

२२ वर्षदेखि विना तलव खटिएका ‘नागरिक ट्राफिक’, न बस्ने ठाउँ न खाने ठेगान

कात्तिक ५, २०७५

NTC
Premier Steels

पाल्पा– निलो सर्टमा कालो पाइन्ट अनि कालै जुत्ता । टाउकोमा सेतो टोपी अनि कम्मरमा सेतै पेटी ।

Muktinath Bank

ʻट्राफिक प्रहरीʼको पोशाकमा दिनहूँ पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा देखिन्छन् –टोपप्रसाद श्रेष्ठ । ७५ वर्षिय उनको जोश र जाँगर भने कुनै प्रहरीको भन्दा कम छैन । टोपप्रसादको जोश जागँर आफ्नो ठाउँमा छ, उनलाई पहिलोपटक देख्नेहरु जोकोही भुक्किन्छन्, उनको पहिचानमा । ट्राफिक प्रहरीको पोशाकमा देखिने उनी ट्राफिक होइनन् । हुन त ट्राफिकको मिल्दोजुल्दो पोशाकमा नागरिकको सेवामा खटिने ʻनागरिक ट्राफिकʼ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुख, ट्राफिक प्रमुख समेत उनको पहिचानमा झुक्किन्छन् । बाहिरबाट आएका सर्वसाधारण नझुक्किने त कुरै भएन । तर तानसेनमा उनलाई नचिन्ने कमै छन् । 
कतिले उनलाई ʻकलकत्ते दाइʼ भनेर सम्बोधन गर्छन् । 


Advertisment
Nabil box
Kumari

बिहानदेखि साँझसम्म बसपार्कमा भेटिन उनी सवारी व्यवस्थापनमा अनवरत खटिन्छन् । यो खटाई केही दिन र वर्षको  नभई २२ वर्षदेखि अनवरत छ । जीवनमा विवाह समेत नगरी विभिन्न दुःख पीडा खेप्दै ‘नागरिक ट्राफिक’ बन्न पुगेका टोपप्रसादको कथा उत्तिकै मार्मिक छ । 

Vianet communication

को हुन टोपप्रसाद ? 

स्याङजामा जन्मेका टोपप्रसादको बाल्यकाल गाउँमै वित्यो । आमाको मुख समेत देख्न नपाएका उनले अक्षर चिन्ने अवसर पनि पाएनन् । बाजेबजैको रेखदेखमा हुर्किए । १६ वर्षसम्म गाउँमै बिताए । त्यसपछि बटौलीतिर लागेर भारी बोक्ने, होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि भारतको आसामतिर लागे । त्यहाँ पुगेर पनि उनले उही काम अंगाले ʻहोटलमा भाँडा माझेʼ । त्यहाँ रहँदा उनले अर्को कामको पनि अनुभव संगाले ʻजंगलमा भैसी चराउनेʼ।

केही समय काम गरेपछि त्यहाँ साथिहरुसंग झगडा पर्यो अनि फर्किए आफ्नै जन्मघर । ʻत्यो बेला मसंग पैसा पनि थिएन्, निकै दुःखका साथ स्याङजा पुगेँ । नखाईनखाई रेलमा झुण्डिएर नौतुनहवासम्म आए । त्यहाँबाट हिँडेरै स्याङजा पुगेँʼ– लोकान्तरसंगको कुराकानीमा उनले आफ्नो विगतलाई सम्झिए । 

त्यहाँबाट उनी वि.स.२०२५ सालमा तानसेन आएर बसेँ । अनि तानसेनलाई नै आफ्नो कर्मथलो बनाए । सुरुमा होटलमा भाँडा माझ्ने काम गरे त पछि भारी बोक्ने । पछि सवारी व्यवस्थापनमा लागे । अहिले सवारी व्यवस्थापनमा काम गर्न थालेको पनि २२ वर्ष भयो । 

यसरी बने ʻनागरिक ट्राफिकʼ

अहिलेजस्तो थिएन त्यो बेला । जतिबेला टोपप्रसाद तानसेनमा भारी बोक्ने काम गर्थे । सवारीसाधनमा मनपरी थियो । ʻछतभरी यात्रु राख्ने, ड्राइभरले साइटमा महिला राखेर सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, यात्रुसंग मनपरी भाडा लिने गरिन्थ्यो,ʼलोकान्तरसंग उनले भने,–ʻति काम देखेर मलाई चित्त बुझेन र म छतभरी यात्रु नराख्न, चालकको छेउवा महिला राखेर अनावश्यक कुरा नगर्न, लागेको भाडा मात्र लिन आग्रह गर्न थालेँ।ʼ त्यसपश्चात उनलाई सवारीहरुले केही पैसा दिन थाले । होटल तथा स्थानीयहरुले खाना खुवाउन थाले । त्यसपछि उनको दैनिकी नै सवारी व्यवस्थापनमा बित्यो, बितेको छ । 

यसरी वित्छ दैनिकी

बसपार्कमा सवारी व्यवस्थापन त उनको दैनिकी नै भयो । नवआगन्तुकका लागि उनी पथप्रदर्शक समेत हुन् । तानसेन पुग्ने तर त्यहाँको बारेमा जानकारी नभएकाहरुलाई उनि होटलसम्मको बाटो बताइदिने, गन्तव्य बताइदिने काम गर्छन् । 

सवारीसाधनलाई यात्रुसंग बढी भाडा नलिन, टिकट दिएर मात्र भाडा लिन, मदिरा सेवन गरेर सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नचढाउन, ड्राइभरले साइटमा महिला राखेर अनावश्यक कुरा नगर्न, सवारी चलाउँदा मोवाइलको प्रयोग नगर्न, समयमा छुटेर समयमै गन्तव्यमा पुग्न उनको आग्रह रहन्छ । 

बसपार्क र सिधा बाटोमा प्रेसर हर्न नबजाउन, यात्रु चढिसकेपछि सवारीको ढोका बन्द गर्न उनी चालक तथा सहचालकलाई सुझाउँछन् । ʻसवारीको ढोका बन्द नगर्दा यात्रु ढोकाबाट खसे चालक, सहचालक जिम्मेबार हुनुपर्छ भन्दै आएको छुʼ–उनले भने । 

उनले थोरै सामानको भाडा नलिन समेत चालकलाई सुझाउने गरेका छन् । 

के भन्छन् प्रहरी प्रमुख ?

टोपप्रसाद २२ वर्षदेखि अनवरत रुपमा बिना तलब र भत्ता सेवा गर्दै आएका छन् । उनको कामले बसपार्कमा ट्राफिकलाई धेरै ठूलो सहयोग भएको पाल्पाका ट्राफिक प्रमुख डम्बर गिरी बताउँछन् । भन्छन्, ʻउहाँले एउटा नागरिकको नाताले पनि ठूलो भूमिका निर्वाह गर्नुभएको छ, अहिलेको जमानामा यसरी निःस्वार्थ भावनाले सेवा गर्ने मान्छे कमै भेटिन्छन् ।ʼ

ट्राफिक प्रमुख गिरीका अनुसार उनले सवारी, चालकका गतिविधी ट्राफिकलाई खबर गरेर पनि सहयोग गर्दै आएका छन् । ʻउहाँको सबै कामहरु राम्रो छ, सेतो टोपी नलगाइदिए कति राम्रो हुन्थ्यो,– ट्राफिक प्रमुख गिरीले भने । कामको कदर गर्दै केही दिन अगाडि मात्रै जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले टोपप्रसादलाई नगदसहित सम्मान गरेका छन् ।

बिनाबर्दीको नागरिक ट्राफिक भएर निश्वार्थ भावनाले सेवा गरेकाले सम्मान गरेको प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले लोकान्तरलाई बताए ।

भन्छन्,–ʻऔषधधिमुलो निःशुल्क छ, अरु चिन्ता छैनʼ

उनलाई केही सवारीवालाहरुले ५/१० रुपैयाँ दिन्छन् । बसपार्कको होटलमध्ये कोहीले रहेको खाना दिन्छन् । कहिलेकाँही १०/२० रुपैयाँमा केही किनेर साँझ विहानको छाक टार्छन् । 

कहिले सडकको बास त कहिले होटलको बास् । ʻएक्लो ज्यानलाई के पिर भो र? उनले भने, ʻअहिलेसम्म जसरी चल्यो अव पनि त्यसैगरी चल्ला ।ʼ तानसेनको एउटा मेडिकले उनको उपचार खर्च निःशुल्क गरिदिएको छ । भन्छन्–ʻचन्द्र मेडिकलले निःशुल्क औषधि गर्छ । त्यो हुँदासम्म म बाँचे ।ʼ

उनलाई अरुले पनि सहयोग गर्दै आएका छन् । कोहीले पैसा, कोहीले खानेकुरा त कोहीले कपडा । ʻन्यायाधीशको गार्डसंग ड्रेस मागेँ, एसपी सावले पनि कपडा दिनुभएको छ,ʼ उनले हाँस्दै भन्छन् –ʻअहिले सम्मानपछि त अझ धेरैले चिन्छन् । मेरो कामलाई सम्मान गर्दै पैसा पनि दिन्छन् ।ʼ

यसरी विनास्वार्थ नागरिकको सेवामा खटिने टोपप्रसादजस्ता व्यक्तिका लागि राज्यले पनि सहयोग गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x