×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले अघिल्लो वर्ष चीनसँग अर्बाैं रुपैयाँबराबरको विलासी वस्तु किनेको दाबी

कात्तिक ५, २०७५

NTC
Premier Steels

काठमाडौं — अघिल्लो वर्ष उत्तर कोरियाले चीनबाट कम्तीमा ७४ अर्ब रुपैयाँ बराबरको विलासी वस्तु किनेको एक दक्षिण कोरियाली सांसदले सोमवार खुलासा गरेका छन् । उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई दण्डित गर्दै संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धले यस्तो व्यापारलाई गैरकानूनी बनाएको छ । 

अमेरिकाले प्रतिबन्धलाई कठोर रूपमा लागू गर्न आग्रह गरेको छ । अधिकतम दबाब अभियानका कारण गरीब उत्तर कोरिया वार्ताको टेबलमा आएको वाशिङटनको विश्वास छ ।

तर उत्तरले आणविक र क्षेप्यास्त्र परीक्षण रोकेपछि प्रतिबन्धहरू खुकुलिँदै गएको संकेत पाइएको छ । चीन र रुसले प्रतिबन्ध खुकुलो बनाउन आह्वान नै गरेका छन् । 

‘किमले चीन र अन्य देशबाट सीप्लेन जस्ता विलासी वू.स्तु आफ्नो परिवारका लागि किनेका छन् । उनले आफ्नो सत्तालाई सहयोग गर्ने सम्भ्रान्तहरूका लागि महंगा सांगीतिक साधन, उच्च गुणस्तरको टीभी, सेडान, रक्सी, घडी र भुवा उपहार दिनलाई किनेका छन्,’ विपक्षी सांसद यून साङ–ह्युनले बताए । 

‘छिद्रहरू बढ्दै जाँदा किम आफ्ना आणविक हतियार नत्यागिकनै प्रतिबन्धलाई भुत्ते बनाउने लक्ष्यको नजिक पुग्ने देखिन्छ,’ उनले भने ।

चीनले आफ्नो भन्सार आँकडाको विस्तृत विवरण सार्वजनिक गर्ने गरेको छैन । यूनले यो आँकडा सउलले सन् २००९को राष्ट्रसंघीय प्रस्तावअनुरूप निर्धारित गरेको प्रतिबन्धित सामानको सूचीका आधारमा तयार पारेका हुन् ।

बेइजिङको भन्सार निकायले यस विषयमा टिप्पणी गर्न मानेन । बेइजिङले उत्तर कोरिया विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई आफूले कठोर रूपमा पालन गरेको बेइजिङले बताएको छ ।

रोयटर्सबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x