×

NMB BANK
NIC ASIA

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ : चीन

कात्तिक ६, २०७५

NTC
Premier Steels

बेइजिङ-करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोषणा गर्नुभएको थियो । 

उक्त सम्झौताले तत्कालिन दुई प्रतिस्पर्धी मुलुकबीच ५०० देखि पाँच हजार ५०० किलोमिटर जमिनबाट जमिनमा मार हान्नसक्ने मिसाइलको प्रयोगमा रोक लगाएको थियो । तर अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले उक्त सम्झौताको रूसले विगत केही बर्ष यता उल्लङ्घन गर्दै आएको र चीनले उक्त सम्झौतामा हस्ताक्षर नगरेकोले यस्ता हतियार विकास गर्न स्वतन्त्र रहेको जिकिर गर्दै वासिङ्टन यसबाट फिर्ता हुने योजना सार्वजनिक गर्नुभएको थियो । 

अमेरिकी रिपब्लिकन पार्टीका दुई सांसद लिन्डसी ग्राहम र बब कर्करले आइतबार ट्रम्पको चिन्ताप्रति समर्थन जनाउँदै सम्झौताले अमेरिकालाई पछि पारेको र चीनलाई अघि बढ्न सहयोग भएको बताएका थिए । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भन्नुभयो, “आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने कुरालाई जोर दिनु आवश्यक देखिएको छ ।” सम्झौताले विश्वलाई निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको हुवाको धारणा थियो । 

सम्झौताबाट एकतर्फीरूपमा फिर्ता हुनुले धेरै नकारात्मक असर पार्दछ, उहाँले सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताउनुभयो । अमेरिकालाई सङ्केत गर्दै सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहोरायर सोच्नेमा चीन विश्वस्त रहेको हुआले बताउनुभयो । 

सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले आइतबार बताउनुभएको थियो । विदेशमन्त्री र्यावकोभले रूसी समाचार संस्था तासलाई भन्नुभयो, “म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।” 

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई ‘अविवेकी निर्णय’ भन्दै आलोचना गर्नुभएको छ । “अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,” गोर्भाचोभले इन्टरफ्याक्सलाई बताउनुभयो । उहाँले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताउनुभयो । “यो घोषणाले विवेकको कमीलाई देखाउँछ,” गोर्भाचोभले थप्नुुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x