×

NMB BANK
NIC ASIA

झडप भएपछि अधिकांश पुरुषले गाउँ छाडे, महिलाले मात्रै मनाए दशैं

कात्तिक ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लहान-दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए। दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् । 

दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको थियो । 

अर्को पक्षले उक्त गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका अशोक यादव, तत्कालीन माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रे यादव, विजेन्द्र यादवसहित १८ लाई विपक्षी बनाउँदै सोही विषयमा मुद्दा दर्ता गराएको थियो । 

यसरी एकअर्का गरी ४० जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनीहरू सहित आफ्नो पनि नाम जाहेरीमा भएको हुनसक्ने त्रासमा अन्य पुरुषले गाउँ छाडेको स्थानीयवासीले बताए । गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैँजस्तो पर्वमा पनि गाउँमा कुनै रोनक नदेखिएको उनीहरूको भनाइ थियो ।

एक पक्षले २२ जनाविरुद्व अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको कडरबोना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाले भारतीय बजार पसेका आरोपीलाई खोजबिन गरी ल्याउने प्रयास भइरहेको उहाँको भनाइ थियोे ।गाउँ छाडेका वडाध्यक्ष यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । उनी भारत पसेपछि सर्वसाधारणको कामकाज प्रभावित भएको छ । 

उक्त गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको बताउनुभयो । दुर्गा पूजा समितिको विषयलाई लिएर गत असोज २ गते दुई पक्षबीच झड्प हुँदा ४२ वर्षीय भोगेन्द्र यादव, ५५ वर्षीय रामबहादुर यादव, ३८ वर्षीय वैजनाथ यादव, ५० वर्षीय धर्मनाथ यादव, ३५ वर्षीय हिराइ यादव, ४२ वर्षीय इनरदेव यादव, ६५ वर्षीय अयोधी यादव, ४० वर्षीय जीवेन्द्र यादव र ४५ वर्षीय लक्ष्मण यादव घाइते भएका थिए ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x