माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
विराटनगर – संघीयता कार्यान्वयनमा आएसँगै करको विषय सबैको टाउको दुखाइको विषय बनेको छ । कतिपयले कर बढेको भन्दै घटाउन दबाब दिँदै आएका छन् भने कतिपयले करलाई राजनीतिक दलले प्रतिष्ठाको विषय बनाउँदा कर विवादित बन्दै गएको आरोप लगाएका छन् ।
विराटनगर महानगरपालिका १ नम्बर प्रदेशको एउटा मात्र महानगरपालिका हो । महानगरमा कर बढेको विषयमा विवाद भयो । कर विरोधी आन्दोलनको बिचमा कर घटाइयो । तर, करको विषयमा अहिले पनि नागरिकले राहत पाउन नसकेको गुनासा आइरहेका छन् ।
सबैको एउटै कुरा छ – करलाई वैज्ञानिक आधारमा लगाइनुपर्छ । पहिला पनि कर लागेकै भएपनि अहिलेजस्तो कर पहिला कहिल्यै एक्कासी नबढेको आम नागरिकको बुझाई छ । हरेक स्थानीय तहमा देखिएको कर समस्याले अहिलेको व्यवस्थामा नै गम्भीर प्रश्न उब्जाएको छ ।
विराटनगर महानगरपालिकामा कर बढेपछि शुरू भएको विवाद निरुपण भएको छैन । विज्ञको राय सल्लाह बिना निर्धारण गरिएको कर घटाइएपछि कर किन बढाइयो र किन घटाइयो सबैको चासोको विषय भएको छ । अहिलेको करलाई कसरी लिने त ? करलाई नागरिक मैत्री बनाउनको लागि के गर्न सकिएला ? उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिको भनाई :
कृष्णप्रसाद भण्डारी मार्सेली,
केन्द्रीय उपाध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च नेपाल
हिजो पनि हाटबजार कर लागेकै हो, त्यो ठेक्काको आधारमा हुन्थ्यो । जन्म–मृत्यु दर्ताको विषयमा ३५ दिनसम्ममा निःशुल्क र त्योभन्दा माथि दण्ड जरिवाना लाग्ने भनेर स्पष्ट कानूनले लेखेको छ । विराटनगर महानगरपालिकाले एकैचोटी धेरै कर बढायो र फेरि कसैसँग सल्लाह नै नगरी घटायो ।
नगर सभाबाट निर्धारण भएको कर त्यही सभाबाट नै पुनः मूल्यांकन हुनुपर्ने थियो । नगरसभा भनेको स्थानीय सरकारको संसद हो । विराटनगर महानगरपालिकाभित्र वडा नम्बर ८ को पान पसलले तिर्ने र बुधनगरको पान पसलले तिर्ने कर एकै प्रकारको हुनु हुँदैन ।
कर त वर्गीकरणको आधारमा हुनुपर्छ । अहिले त चल सम्पत्तिमा पनि कर, अचल सम्पत्तिमा पनि कर । जसले आम नागरिकलाई आम्दानी नै दिँदैन भने त्यस्तोमा कर लगाउनु हुन्न । अचल सम्पत्तिले आम्दानी गर्दैन । अहिले पनि १० धुर जग्गालाई साढे ७ सय लिइएको देखियो । अचल सम्पत्तिमा बढी कर लगाइयो ।
कोठामा ३ जना मान्छे लुकेर बजेट बनाए । कार्यक्रम स्वीकृत भएपनि आफ्नो भोट बढाउन र आफ्नो प्रभूत्व देखाउन कार्यक्रम लैजानुले आम नागरिकमा कर तिर्ने वातावरण बन्दैन । सहभागितामूलक ढंगले समन्वयात्मक रुपमा योजना बनाएको भए समस्या आउने थिएन ।
के कार्यक्रम आयो र पास भयो भन्ने नै नगर सभाका सदस्यलाई थाहा नहुने गरी कर बढाइयो । योजना ल्याइयो । अनि, आम नागरिक कसरी कर तिर्न उत्प्रेरित हुन् ? २० वर्षपछि आएका जनप्रतिनिधि सर्वेसर्वा म मात्र हो भन्ने भावना हटाएर आम नागरिकको सल्लाहमा काम गर्ने हो भने धेरै समस्याको समाधान हुन्छ ।
अहिलेको कर विज्ञबाट आएको हैन, राजनीति व्यक्तिबाट आएको हो । तलबाट परामर्श गरेर विज्ञबाट अध्ययन गरी ल्याउनुपर्छ । कर तिर्नुपर्छ भनेर पाठ सिकाएर हुँदैन, प्रयोगका रुपमा त्यस्ता विषय ल्याएर कर शिक्षा दिनुपर्छ ।
व्यापारीको आम्दानीको स्रोत नै करछली हो । नागरिकमा कर छल्नुपर्छ भन्ने छ । पहिला नागरिक सचेत पनि हुनुपर्यो । नागरिकमा कर तिर्ने विषयमा उत्प्रेरणा जगाउनेबारे जानकारी दिनुपर्छ । हामीले कर उठाएर यो यो काम गर्छौ भनेर मार्केटिङ गर्नुपर्यो । अन्यत्रको सिको विराटनगरले पनि सिक्नुपर्छ र सिकाइनुपर्छ । करको विषय हचुवाको भरमा निर्णय भएको छ, सहभागितात्मक छलफल भएन ।
नगर तथा प्रदेश स्तरमा कर सम्बन्धी विज्ञको एउटा समूह बनाइनुपर्छ । त्यो समूहले निश्चित मापदण्ड बनाउँछ । अनि त्यो मापदण्डको आधारमा पब्लिकमा छलफल र बहस चलाइनुपर्छ । राजनीतिक दल, सामाजिक अभियन्ता तथा सबै क्षेत्रसँग राय सुझाव लिन्छ । अनि त्यो ड्राफ्ट सम्बन्धित निकायका समितिमा पुगेर अध्ययन हुन्छ । अनि पुनः संशोधनसहित निर्धारण गर्ने । बनाएको ड्राफ्ट फेरि छलफलमा ल्याएर कार्यपालिकाभित्र लगेर छलफल चलाइनुपर्यो । अनि विज्ञले त्यसलाई परिस्कृत र परिमार्जित गरेर लैजाने मात्र यो पास गरेर कार्यान्वयनमा लैजाने हो ।
मणिराज ढकाल,
सचिव, उपभोक्ता हित नेपाल, विराटनगर
गत वर्ष मैले ६ सय रुपैयाँ तिर्दै आएको थिएँ, ९ सय भयो भने मैले तिर्छु । तर, मलाई ५ हजार लगायो भने म कहाँ कर तिर्छु र ? अहिलेको समस्या भनेकै त्यही हो । एक्कासी धेरै कर लगाउँदा समस्या आएको छ ।
पञ्चायत कालमा पनि घरधुरी कर लागेको थियो, त्यो सफल भएन । पहिला पनि गाउँघरमा कर निःशुल्क थियो, कारण कृषि कर्ममा लागेका सबै गाउँमा नै हुने अनि कृषिले उत्पादन नदिने हुँदा कर थिएन । सामान्य मालपोत कर बाहेकको कर कसैले पनि तिर्नु पर्दैनथ्यो । अहिले पनि त्यही नै हो । तर, छुट्याउन नसकिएको कुरा भनेको कुन कुरा कर हो र कुन कुरा कर हैन भन्ने हो । करको दायरा बढाउने भनेपनि त्यसको दायरा भनेको के हो ? अनि त्यसबारे नागरिकलाई बुझाउन सक्नुपर्छ ।
करबारे हामी नकारात्मक छौ, सकारात्मक सोच आफैंबाट नै आउनुपर्यो । भोलिको योजनालाई आजको कर शिक्षाले अर्थ राख्छ । आगामी दिनमा काम गर्छौ भन्ने विश्वास पब्लिकलाई दिलाउन सक्नुपर्छ । न्यूनतम आधारभूत सेवासुविधा उपलब्ध गराएर कर शिक्षा दिइने हो भने कर तिर्न उत्प्रेरित गराइनुपर्छ । सेवा सुविधाबारे ग्यारेन्टी गरिनुपर्छ ।
उत्तम ढुंगेल,
अध्यक्ष, पब्लिक फोरम, विराटनगर
महानगरपालिकासँग करको लक्ष्य पूरा गर्ने दबाब होला । तर, नागरिकबाट कसरी कर ल्याउने भन्ने कुरा हो, त्यो विषयमा नागरिकलाई बुझाउन सक्नुपर्छ । के–के भयो भने कर वैज्ञानिक हुन्छ भन्ने कुरा म आफैले बुझेको छैन आम नागरिकले कसरी बुझून् ।
के को लागि कर तिर्ने र के को लागि कर बुझाउँछन् भन्ने चेतना नागरिकमा दिइनुपर्थ्यो । निर्वाचित भएर आएपछि हामीले भनेको कुरा नागरिकले मान्नुपर्छ भन्ने दबाब पारियो । प्रजातान्त्रिक प्रयास भएन र कर विवादको रुपमा आयो । उत्पादनमूलक र अनुत्पादकबाट लिने करबारे स्पष्ट गरिएको छैन । अहिले बाटोको आधारमा कर निर्धारण गरिएको छ ।
व्यावसायिक कर उठाउँदा विराटनगरको बुधहाट चोकको पान पसलले महिनाको २५ हजार कारोबार गर्ला । तर, बुधनगरको पसलले ५ सयको कारोबार गर्ला । त्यस्तो अवस्थामा एकै खालको कर लगाइएको छ । त्यसलाई वर्गीकरण गरिनुपर्छ ।
क्षेत्रगत वर्गीकरण गर्नको लागि आधार स्पष्ट गरी मापदण्ड बनाइनुपर्छ । करको विकल्प खोजिनुपर्छ । नागरिकको आम्दानीको स्रोत खोज्ने राज्य र स्थानीय सरकारले आफ्नो आम्दानीको स्रोत खोज्नुपर्छ । आफ्ना सपिङ कम्प्लेम्स, युवा परिचालन, नयाँ योजना बनाउने तथा कार्यक्रम ल्याएर आफ्नो आम्दानी बढाउनुपर्छ । सधैं नागरिकले गरेको आम्दानीमा कर लगाउने तर आफ्नो आम्दानीका आधारहरू नखोज्नु ठीक होइन ।
घर अगाडि बत्ती, सफा बाटो, सरसफाई, चिल्लो सडक भए कर तिर्न कसलाई टाउको दुखाइ हुन्छ र ? करको विषय नगरपालिकाले दिने सेवासँग सम्बन्धित हुन्छ । अहिले त जनप्रतिनिधिको सुविधा र भ्रमणको लागि कर बढाइएको हो भन्ने भान नागरिकमा पर्न गएको छ । विकासको लागि भन्दा पनि सेवासुविधाको लागि यसरी कर बढाउनुले नागरिकमा गलत सन्देश गएको हो ।
कर शिक्षा कार्यक्रम नगरपालिकाले गर्ने हो भने शुरू गरेकै दिनदेखि विरोध हुनेछ । तर, विरोध हुन नदिनको लागि सरकारी सेवा सुविधाको गुणस्तर बढाउने अनि निजी अस्पताल, निजी विद्यालय लगायत निःशुल्क हुनुपर्छ ।
कर शिक्षा नहुँदा जसले कर तिर्नुपर्ने हो त्यो भागिरहेको छ । व्यापारीसँग बढी कर लगाउनुपर्छ । वडाले बैठक राख्ने, हरेक वडालाई ४ समूह बनाएर २–२ पटकका दरले छलफल गर्ने हो भने पनि करको विषय सबैको हो भनेर कार्यान्वयनमा लैजान सकिन्छ र आगामी दिनमा विवाद हुँदैन ।
लवकुमार ताम्राकार,
उपभोक्ता अधिकार अभियन्ता
देश सञ्चालन गर्नेमा मात्र हैन स्थानीय तहसँग के गर्दा के हुन्छ भन्ने पूर्वतयारी केही छैन । सम्बन्धित विषयको ज्ञानको अभाव छ । त्यसरी बिना तयारीमा नयाँ संरचना ल्याउनुले समस्या देखिएको हो । सबै कुरा लागू गरेपनि ढाँचा तयार नभएकाले प्रदेश, संघ, स्थानीय तहबीच नै एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाएका छन् ।
फिनल्याण्डमा सरकारलाई ४० प्रतिशत कर तिर्छन् । तर, उनीहरूको स्वास्थ्य, शिक्षा, सरसफाई निःशुल्क छ र पो आमनागरिक पनि कर तिर्न उत्साहित देखिएका छन् । तर, हाम्रो देशमा त त्यस्तो अवस्था छैन । एक्कासी कर मात्र थोपर्दा नागरिकमा निराशा पैदा हुनु स्वभाविक हो । कर तिर्ने विषय नागरिकले पाउने सुविधासँग जोडिएर आउँछ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...