×

NMB BANK
NIC ASIA

जनमुक्ति सेनाको क्यान्टोनमेन्ट ‘तालबन्द’ खण्डहरमा परिणत, करोडौंको सम्पत्ति ध्वस्त

कात्तिक १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाको ७ नम्बर डिभिजन मुख्यालय रहेको तालबन्द क्षेत्र हाल खण्डहरमा परिणत भएको छ ।

Muktinath Bank

सदुपयोग हुन नसक्दा कैलालीको मोहन्याल गाउँपालिका र गौरीगंगा नगरपालिकाको चुरे पहाडस्थित वनको खुला मैदान (तालबन्द)मा करोडौं लगानीमा जनमुक्ति सेनालाई बसाउन बनाइएको संरचना खण्डहरमा परिणत भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र जनयुद्धताका तालबन्द क्षेत्रलाई माओवादीको आधार इलाकाका रूपमा लिइन्थ्यो । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि यसै ठाउँमा क्यानटोनमेन्ट अर्थात् जनमुक्ति सेना शिविर स्थापना भयो । जसलाई ७ नम्बर डिभिजनको मुख्यालयको रूपमा पनि लिइन्थ्यो । डिभिजन मातहत तालबन्दसहित कैलालीमा ४ वटा क्यानटोनमेन्ट बनाइएको थियो ।


Advertisment
Nabil box
Kumari

जब सेना समायोजन भयो तब तालबन्द र सहजपुरमा रहेको क्यानटोनमेन्ट पूर्ण रूपमा खाली भयो । बाँकी बडैपुर र गोरुङ्गेमा रहेको क्यान्टोनमेन्टमा नेपाली सेना बस्यो । तर खाली भएको क्यानटोनमेन्टमा बनाइएको कच्ची र पक्की गरी सयौं टहरा भने हाल जीर्ण भई खण्डहरमा परिणत भएका छन् ।

Vianet communication
Laxmi Bank

करीब ६४ बिघा क्षेत्रफलमा फैलिएको तालबन्दमा मात्रै जनमुक्ति सेनाको आश्रयको लागि कच्ची र पक्की गरी सरकारी लगानी र केही जनमुक्ति सेनाबाटै गरी करीब ७० वटा घर टहरा निर्माण गरिएको तत्कालीन ७ नम्बर डिभिजन सहायक कमाण्डर नेपबहादुर चौधरी ‘सिंहराज’ले जानकारी दिए ।

हाल नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सचिव समेत रहेका सिंहराजले सेना समायोजनपछि क्यान्टोनमेन्ट सरकारको जिम्मा लगाएको बताउँदै ४ क्यान्टोनमेन्टभित्र करीब साढे ६ सय संरचना निर्माण गरिएको उल्लेख गरे । 

उसो त सो खाली भएको क्यान्टोनमेन्टको संरक्षण तथा सुरक्षाको जिम्मा नेपाली सेना र सशस्त्र प्रहरीलाई दिइएको छ । तर प्रयोगविहीन हुँदा पूरै संरचना जीर्ण भएका छन् । संरचना निर्माणमा प्रयोग गरिएका काठ, इँटा, जस्ता पाता चोरी समेत भएका छन् भने ठूला–ठूला झाडी र घाँसे मैदानले भरिएको छ ।

औद्योगिक क्षेत्र बनाउने कसरत

पूर्वपश्चिम महेन्द्र राजमार्गको मसुरिया बजारदेखि १२ किलोमिटरको दुरीमा रहेको तालबन्दलाई व्यवस्थापन गर्न औद्योगिक क्षेत्र निर्माण गर्ने कसरत शुरू भएको छ ।

हाल तेघरीस्थित नेपाली सेनाको शिवदल गणलाई सुरक्षाको जिम्मा दिइएको सो तालबन्द क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रिपरिषदको निर्णय समेत भएको खुल्न आएको छ । सेनाको उच्च स्रोतका अनुसार शेरबहादुर देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको खुल्न आएको हो । हस्तान्तरण भने नभएको जनाइएको छ ।

तालबन्दमा औद्योगिक क्षेत्र निर्माणबारे सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट अनविज्ञ छिन् । उनले तालबन्दमा औद्योगिक क्षेत्र निर्माण हुनेबारे आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्की चुहा नगरपालिका– ३ डुँडेझारी र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भएपनि कार्यविधि अझै तयार नभएको मन्त्री भट्टले बताइन् । यसअघि सरकारले कैलालीकै श्रीपुर क्षेत्रमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्ने तयारी गरेपनि काम भने अघि बढेको छैन । 

त्यस्तै जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापाले छाडा पशु चौपाया व्यवस्थापनको लागि तालबन्द क्षेत्रमा आधुनिक गाई फार्म निर्माण गर्न सरकारसँग पहल भइरहेको बताए । मोहन्याल गाउँपालिका र गौरीगंगा नगरपालिकामा १ हजार विघा जग्गामा ५ वटा फार्म स्थापनाका लागि पहल भइरहेको उनको भनाइ छ ।

सभापति थापाले भने– ‘हामीले छाडा पशु व्यवस्थापन गर्न आधुनिक गाई फार्म, त्यससंग सम्बन्धित छाला तथा हड्डी प्रशोधन उद्योग, डेरी र मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि पहल गरिरहेका छौं ।’

‘युद्ध संग्रह’मा स्थानीयको चासो

क्यान्टोनमेन्ट खाली भएपछि व्यवस्थापनका लागि कुनै निकायबाट पहल भएको छैन । यहाँसम्म कि रहेका भौतिक संरचना सदुपयोग गर्नेतर्फ पनि कसैको ध्यान नगएको स्थानीयको भनाइ छ । खप्तड बहुमुखी क्याम्पस मसुरियाका प्रमुख मदनराज जोशीले ऐतिहासिकता बोकेको सो क्षेत्रको व्यवस्थापनमा सरकारले चासो नलिएको बताए ।

नेपालको ऐतिहासिक राजनीतिक घटना क्रमसंग जोडिएको तालबन्द क्षेत्रलाई उचित ढंगले व्यवस्थापन गर्न आफूहरुले प्रदेश सरकारसँग माग गरेको सुनाए । युद्ध संग्रहालय, कृषि कलेज र सिमेन्ट उद्योग स्थापनाको लागि प्रदेश सरकारसँग माग राखेको उनले बताए ।

त्यस्तै पूर्व सभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ले ऐतिहासिक महत्त्व बोकेको क्षेत्रलाई त्यसको विशेषता अनुसार नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

युद्ध संग्रहालय बनाउन सके अध्ययन अनुसन्धानमा टेवा पुग्नुको साथै पर्यटन प्रवर्द्धन हुने उनको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x