×

NMB BANK
NIC ASIA

ललितपुर महानगरले तीन स्थानमा इकोपार्क बनाउने

कात्तिक १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय/हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ । 

यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपुर्याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्दैछ ।” महानगरप्रमुख चिरिबाबु महर्जनले भन्नुभयो । 

महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगपालिकाले नयाँ जमीन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्नेे नीति रहेको बताउनुभयो ।महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमीन नरहेको चर्चा गर्दै महानगरप्रमुख महर्जनले भन्नुभयो, “जमीन जति व्यक्तिका नाममा गइसके । कहाँबाट जमीन ल्याएर इको सिटी बनाउँ म ? भएकालाई नै थप उपयोग गर्नुको अर्काे विकल्प छैन ।” 

उहाँले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि रु ५० लाख विनियोजनसमेत गरिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ-आफ्नो नगरपालिकालाई हरियाली शहर (इको सिटी) बनाउने अठोट गर्नुभएको थियो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिनुभयो । 

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडाँै उपत्यकाभित्र छ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा डा शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक छ भन्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x