एनआईसी एसियाको नयाँ योजना : भाइटीकामा उपहार स्वरूप रकम ट्रान्सफर गर्दा बोनस

कात्तिक २०, २०७५

काठमाडौं – एनआईसी एसिया बैंकले भाइटीकाको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटीकाको उपहार स्वरूप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ रकम ट्रान्सफर योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत Mo-Bank मार्फत् रकम ट्रान्सफर गर्दा ग्राहकले १०० रुपैयाँको बोनस पाउनेछन् । बोनस रकम दक्षिणा पाउने ग्राहकले प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

मुलुकभर २६५ शाखा, २६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ ।

कुल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रहेको बैंकका ग्राहक झण्डै १३ लाख ५० हजार पुगेका छन् ।

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस