‘नछुटोस् छुट पाउने मौका’ भन्दै एनआईसी एसियाले ल्यायो आकर्षक योजना

कात्तिक २०, २०७५

काठमाडौं – ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ कुनै पनि सामान खरिद गरी एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट योजना ल्याएको छ ।

यो योजनामा सहभागी भई सामान खरिद गरिसकेपछि भुक्तानी गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्युआर कोड भुक्तानी गरी सुविधा लिन सकिने बैंकले जनाएको छ ।


ADVERTISEMENT

मुलुकभर २६५ शाखा, २६५ एटीएम, २७ वटा एक्सटेन्सन काउन्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकको वासलातको आकार २ सय अर्बभन्दा बढी पुगेको छ ।

कुल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रहेको बैंकका ग्राहक झण्डै १३ लाख ५० हजार पुगेका छन् ।

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस