पुनः बीमा कम्पनीको आइपिओ जारी हुँदै

कात्तिक २०, २०७५

ललितपुर- दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्ने भएको छ । 

आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । 


ADVERTISEMENT

नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आइपिओ जारी हुने बताए ।

रु सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उनले भारत सरकारका स्थापित चार वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि भएकाे बताए । 

प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रु एक अर्ब ५० करोड कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए । उनले अन्तर्राष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोवार भइरहेको बताए । 

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस