×

NMB BANK
NIC ASIA

हराउँदै मौलिक संस्कृति : होहल्ला गरेरै खेलिन्छ देउसी भैलो

कात्तिक २१, २०७५

NTC
Premier Steels

सुर्खेत – उतिबेला तिहार आउनुभन्दा पन्ध्र दिन अघिदेखि नै विद्यार्थी तथा युवा क्लबहरूले देउसीभैलीको तयारी गर्ने गर्थे । उनीहरूको धेरै दिनको मेहनतले उनीहरूलाई गाउँमा जान र देउसी भैलीलाई आकर्षक बनाउन सहयोग हुन्थ्यो । देउसी भैलीको साथमा आकर्षक नृत्य पनि हुन्थ्यो । दुई मादल, खैंचडी, बाँसुरी र चाँपहरूको प्रयोग गर्ने गरिन्थ्यो । मौलिकतामा देउसी भैली खेल्ने र आशिष दिने प्रचलन उतिबेला थियो ।

Muktinath Bank

तर अहिले त्यो संस्कार हराउँदै गएको छ । मंगलबार सिम्ताको जामुने बजारमा तीनवटा देउसी भैली टोली भेटिए । सल्यानको सल्लीबजारमा १० भन्दा बढी देउसी टोली भेटिए । गुर्भाकोटको बोटेचौर, मेहलकुना, छिन्चुजस्ता शहरोन्मुख बजारमा देउसी खेल्नेहरूको लाइन थियो । तर ती लाइनहरूमा दुईवटा स्पिकर, सोलार पाता र छात्राहरूको स्थानीय ड्रेस बाहेक अरु केही थिएन । न देउसी भट्याइन्थ्यो, न गीतहरू गाउने प्रचलन नै थियो । आयो डेक बजायो हल्लियो अनि पैसा संकलन गरेर अर्को पसलमा गयो । बस यही प्रचलन थियो ती देउसी भैली खेल्ने टीमहरूको ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्रै होइन जाजरकोट डोल्पा सडकमा चल्ने हरेक सवारी साधनलाई उनीहरूले रोक्ने गरेका थिए । उनीहरू गाडी चालकसँग पैसा माग्थे र नदिएसम्म बाटोसमेत छाड्दैन थिए ।


Advertisment
Nabil box
Kumari

देउसी भैली खेल्ने पहिलेको प्रचलन करीब-करीब लोप नै भइसकेको छ । जामुने बजारका रवीन्द्र केसीले लोकान्तरसँग भने, 'अहिलेका युवा र बालबालिकामा हल्ला गर्ने र पैसा संकलन गरेर भोज खानेबाहेक पुरानो संस्कृति संरक्षण गर्ने कुनै छाँटकाँट देखिँदैन ।' तिहारलाई पैसा संकलन गर्ने माध्यमका रूपमा लिन थालिएको छ ।

Vianet communication

उनले अहिले पश्चिमा संस्कृतिको प्रभाव र अत्याधुनिक प्रविधिका कारण पहिलेको परम्परा लोप हुँदै गइरहेको बताए । शिक्षक रंगनाथ खनालले मौलिक कला  र संस्कृतिको प्रवर्द्धन, प्रचार-प्रसार र संरक्षण गर्नुपर्ने बेला आइसकेको बताए ।

'हामीले आफ्नो परम्परालाई भुल्दै अर्कैको परम्पराको सिको गर्न थालिसक्यौं,' उनले भने, 'यसले हामीलाई परनिर्भरतातर्फ त धकेल्छ नै, हाम्रो कला साहित्य र संस्कार जस्तो महत्त्वपूर्ण सम्पत्ति स्वाहा भएर जानेछ र त्यसले हाम्रो पहिचान नै समाप्त पार्नेछ ।

यसकालागि स्थानीय तथा प्रादेशिक सरकारले संरक्षण र संवर्द्धनको कार्य शुरू गर्नुपर्ने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x