×

NMB BANK
NIC ASIA

मन्त्रीको अस्पतालमा बिरामी कुरुवामाथि निर्घात कुटपिट : शिशुको मृत्यु, एकजनाको आँखा फुट्यो

कात्तिक २१, २०७५

NTC
Premier Steels

जनकपुरधाम– संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको निजी अस्पतालमा बिरामी कुरुवालाई अस्पतालका कर्मचारीहरूले कुटपिट गर्नुका साथै पुलिस बोलाएर पक्राउ गराएका छन् ।

Muktinath Bank

जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा प्रसुतीका लागि भर्ना भएकी महिलाका कुरुवालाई अस्पतालका कर्मचारीले मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै उल्टै प्रहरी बोलाएर पक्राएको आरोप पीडित पक्षले लगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको बर्दिबास नगरपालिकाकी २६ वर्षीय सिर्जनाकुमारी महतोलाई गएराति ८ बजेतिर उक्त अस्पतालमा भर्ना गरिएको थियो । सो समय अस्पतालमा चिकित्सक थिएनन् । ‘हामी चिकित्सकलाई बोलाउँदैछौं भनेर आकस्मिक कक्षमा रहेका कर्मचारीले भनिरहेका थिए, तर पनि कुनै विशेषज्ञ चिकित्सक आएनन्,’ सिर्जनाका बुवा उमेशकुमार महतोले भने ।


Advertisment
Nabil box
Kumari

‘बच्चा जन्मिने क्रममा घाँटी १५ मिनेटसम्म झुन्डिएको थियो । त्यतिबेला सम्म पनि चिकित्सक नआइपुग्दा बच्चाको मृत्यु भयो,’ उमेशले लोकान्तरसँग भने ।

Vianet communication

सिर्जना विधवा हुन् । उनका पति सरोज महतोको दुई महिनाअघि नै मृत्यु भएको थियो । पतिको मृत्यु भएको दुई महिनापछि जन्मिन लागेको छोराको पनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएपछि सिर्जना पीडामा छिन् ।

‘चाडबाडका बेला चिकित्सक छैन भने शुरूमै अस्पतालमा भर्ना नगरी अन्यत्र रिफर गरिदिनुपर्‍यो भनेर हामीले भनिरहेका थियौं,’ उमेशले भने, ‘त्यत्तिकैमा अस्पतालका सबै डाक्टरदेखि कर्मचारीहरूले यहाँ हल्ला नगर । आफ्नो बिरामीलाई लिएर जाऊ । हामीले डिस्चार्ज गरिसक्यौं भन्न थाले ।’

‘यति मात्रै होइन अस्पताल बाहिरबाट २०/२५ जनाजति गुण्डालाई बोलाएर हामीमाथि कुटपिट गर्दै आक्रमण समेत गर्न थाले,’ उमेशले भने ।

यो मन्त्रीको अस्पताल हो भन्दै कुटपिट गर्ने क्रममा आफ्ना भाइ किशोरी महतोको आँखामा गम्भीर चोट लागेको उमेशले बताए ।

उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी आँखा अस्पताल भर्ना गरियो । उक्त अस्पतालले पनि उपचार गर्न नसक्ने भन्दै लाहानस्थित आँखा अस्पताल वा काठमाडौंको तिलगंगा आँखा अस्पताल लैजान रिफर गरेको छ । आँखामा रगत जमेकाले शल्यक्रिया गर्नुपर्ने अवस्था छ । परिवारले उनलाई लाहान लैजाने तयारी गरेको छ ।

हेल्थ असिस्टेन्ट समेत रहेका आफ्ना छोरा मोहनकुमार महतोलाई बिरामीबारे सोधखोज गर्दा कुटपिट गरी प्रहरी बोलाएर पक्राएको उमेशले बताए ।

मृत शिशुको शव अहिले पनि त्यही अस्पतालमा राखिएको छ भने सुत्केरी सिर्जना समेत अस्पतालमै छिन् ।

मन्त्रीको अस्पताल हो भन्दै लापरवाही र गुण्डागर्दी गर्दा मेरो नाति मर्‍यो । छोरो थुनामा छ । कुटपिटबाट भाइको आँखा नै अन्धो हुने अवस्थामा छ । मलाई न्याय दिनुपर्‍यो,’ उमेशले भने ।

सिर्जनाकी जेठानी सुनिता महतो र नन्द संगीता महतोले भने, ‘२०/२५ जना कर्मचारीहरूले हाम्रो मान्छेलाई कुटपिट गरिरहेका बेला बचाउन जाँदा हामीलाई समेत डस्टबिन र मुक्का प्रहार गरे । डस्ट्बिन उठाएर हान्दा डस्टबिन नै फुटेको छ ।'

बिरामीकै अाफन्तले कुटपिट शुरू गरेका हुन्, त्यसपछि के भयो थाहा छैन : चिकित्सक

उपचारमा संलग्न चिकित्सकले भने बिरामी पक्षले नै अस्पतालका कर्मचारीलाई कुटपिट गरेको बताएका छन् ।

सिर्जनाको उपचारमा खटिएका चिकित्सक डा. नवराज पाण्डेका अनुसार सिर्जना बर्दिबासस्थित आईआरडीएच अस्पतालबाट रिफर भएर राति ९ बजेतिर भर्ना भएकी थिइन् ।

उनले भने–

'इमरजेन्सीमै भर्ना भएका बेला गर्भमा रहेको बच्चाको मुटुको धड्कन फेला पार्न सकेनौं । त्यसपछि बिरामीका आफन्तलाई काउन्सिलिङ गर्दै बच्चाको धड्कन फेला नपरेको जानकारी गराएका थियौं । तै पनि भिडियो एक्सरे गर्नका लागि भन्यौं । चाडबाडका कारण राति हाम्रो अस्पतालमा त्यो सुविधा थिएन । बाहिर लैजान भन्यौं तर उनीहरूले मानेनन् ।

त्यसपछि हामीले इन्डक्सन गरेर २० देखि २५ मिनेटमा बच्चाको डेलिभरी गरायौं । बच्चामा लाइफको कुनै पनि लक्षण फेला परेन ।

तैपनि हामीले त्यो बच्चाको ईसीजी गरेर हेर्न भन्यौं । बच्चालाई ईसीजी गराउन लग्दा बिरामीका आफन्तहरूले ईसीजी गर्ने कर्मचारीलाई नै कुटपिट गर्न थाले ।

त्यसपछि कसले कसलाई कुट्यो मलाई थाहा भएन ।

अस्पताल प्रशासनसँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्बन्धित व्यक्ति अस्पतालमा भेटिएनन् ।

यता बिरामी पक्षले भने आफूहरूमाथि भएको कुटपिट अस्पतालको सीसीटीभीमा पनि हेर्न सकिने भन्दै त्यसको जाँच गर्न माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x