नेपाल संवतका अवसरमा प्रधानमन्त्रीको शुभकामना : परोपकारी भावना स्मरण गर्ने दिन

कात्तिक २२, २०७५

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् परोपकारी भावना स्मरण गर्ने दिन रहेको बताउनु भएको छ । नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल संवतको शुरुआतको घटना पनि सबैका लागि प्ररणादायी रहेको बताउनु भएको छ ।

नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको उहाँको भनाइ छ । साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।


ADVERTISEMENT

‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग छ । सोही दिनदेखि उनले नेपाल सम्वत् चलाएको बताइन्छ ।

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस