×

NMB BANK
NIC ASIA

साझा घोषणापत्र दोहोरयाएर पढ्न ओलीलाई बामदेवको सुझाव

कात्तिक २२, २०७५

NTC
Premier Steels

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 
बिहीबार आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । 
उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरुलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु।’
नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होइन ।’
उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । उनले थपे,‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’
बरिष्ठ नेता माधव नेपाल र तपाईको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर सोधिएको  प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेर भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा गरेन भनेर गुनासो छ। त्यही कुरा भनेको हो । अरु त्यस्तो केही पनि होईन।’
उनले पटक पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रिय सदस्यहरु, स्थायी समिति सदस्यहरु र सचिवालय सदस्यहरुले पढ्नुपर्ने पनि दोहोर्याए । 

Muktinath Bank

त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यैपनि पार्टीमा माग नराखेको स्पष्ट पारे । ‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’
गौतमले पार्टीका केही केन्द्रिय सदस्यहरुले फेरी संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेरसमेत आरोप लगाएको स्मरण गराए । 
फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । उनले भने,‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्योपनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरु फलेको छ । फुलेको छ ।’
पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाईदिने उनको वचनबद्धता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x