×

NMB BANK
NIC ASIA

ठेकेदारकाे लापर्बाही : आठ वर्षमा पनि बनेन शीत भण्डारगृह

कात्तिक २३, २०७५

NTC
Premier Steels

बनियानी– झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन । 

१५ महीनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारको लापर्बाहीका कारण आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो । भारतीय दूतावासको सहयोगमा निर्माण हुन लागेको शीत भण्डारगृहको २०६७ पुस १५ गते सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले रु चार करोड १३ लाख ३७ हजार ३७४ मा १५ महीनामा काम सम्पन्न गरिसक्ने ठेक्का पाएको भद्रपुर नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले जानकारी दिए । 

ठेकेदार धर्मराज थापा र शिवकुमार सोनीले शीत भण्डारगृहको २०६८ चैत १६ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेका थिए । शीत भण्डारगृह भद्रपुर–५ स्थित नयाँ बजारमा भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको जग्गामा निर्माण भइरहेको छ । 

हालसम्म शीत भण्डारगृहको ९० प्रतिशत काम पूरा भइसकेको छ । भवन निर्माणसँगै रङरोगनको काम भइरहेको छ भने भण्डारगृह क्षेत्रभित्र चाहिने आवश्यक थर्मोकुलरमा ग्यास भर्ने, ट्रान्समिटर, जेनरेटर, विद्युतीय उपकरण र अन्य केही यान्त्रिक उपकरण जडानको काम बाँकी छ । 

गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही शुरु गरेपछि ठेकेदार सोनी नगरपालिकाको सम्पर्कमा आएको इञ्जिनीयर रञ्जितकारले बताए । ठेकेदारले करीब रु तीन करोड ५० लाख बुझिसकेको र रु ६० लाख बुझ्न बाँकी रहेको नगरपालिकाका लेखा अधिकृत रामप्रसाद लुइँटेलले बताए । 

मुख्य ठेकेदारले अन्य ठेकेदारलाई काम दिएकाले निर्माणको काम ढिलो भएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । “मुख्य ठेकेदारले अन्य ठेकेदारलाई काम दिएको रहेछ”, उनले भने, “मुख्य ठेकेदारले काम गरेको रकम लाने र पेटी ठेकेदारले रकम नपाएपछि काम अलपत्रमा परेको हो ।” ठेकेदारलाई नगरपालिकाले पत्र काटिसकेको र बाँकी काम सकेर चाँडै सञ्चालनमा ल्याउने उनले बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x