×

NMB BANK
NIC ASIA

मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिललका अनुसार- मुटु रोगका प्रमुख लक्षणहरु यी हुन्

कात्तिक २४, २०७५

NTC
Premier Steels

जनचेतनाको  कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ  मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र  समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख  कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने  गरेको तथ्यांक छ । 

Muktinath Bank

समय  मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई  सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको  लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोगले जटिल्ता  ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले  , लक्षणकै आधारमा रोगको शुरुवातमै पत्तालगाउनु पर्छ।


Advertisment
Nabil box
Kumari

अधिकांश  मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् ।  मुटुरोग विशेषज्ञहरुले पनि यिनै  लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा  केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । 

Vianet communication

यी लक्षणहरुको  बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही  सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटुरोगका प्रमुख लक्षणहरु (Symptoms)

छाती  दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र  बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण  हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । 

लक्षणहरुको राम्रो विश्लेषण  (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता  अनुसार चिकित्सको परामर्श (Cardiology Consultation )लिन सक्नेछन् ।

मुटुरोग पत्ता लगाउनमा जोखिमहरुको (Risk Factors) बारेमा जानकारी जरुरी  

लक्षणलाई  समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता  लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन (Smoking) , मुधुमेह (Diabetes),  उच्चरक्तचाप (High BP), उच्चकोलेस्ट्रोल (High Cholesterol) , मोटोपना  (Obesity) , अत्याधिक मदीरापान, मानसिक तनाव (Stress) , वंशाणुगत (परिवारमा  मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क  फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

 एक  भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।रिस्क फैक्टर्स  बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ ।  त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक  हुन्छ ।

1)छाती दुख्नु (Chest Pain, Angina)  

छाती  दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर  यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई,  फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम  गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा,  दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन  र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा  द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको  सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर  मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा  (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु,  स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्नु पर्छ ।

2)स्वाँस्वाँ हुनु (Breathlessness)  

स्वाँस्वाँ  हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि  (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक  भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय:  उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु,  थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति)  हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

3)मुटु ढुकढुक हुनु  (Palpitation) 

मुटु  ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना,  अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो  अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर  मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको  लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा  हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

4)खुट्टा सुन्निनु (Leg Swelling, Edema) 

खुट्टा  सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा,  मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार  पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन  सामान्य मानिन्छ ।

 खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण  देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

5)बेहोश हुनु (Loss of Consciousness, Syncope)  

बेहोश  हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ ।  स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य  दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार  गर्नु उचित हुन्छ ।

6)थकाई लाग्नु (Fatigue) 

थकाई  लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको  केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु,  जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु  लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि  उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यि लक्षण  हरुलाई त्यो ब्यक्ती को उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिम्हरु,  बंषाणुगत् कारण, लक्षण को तिब्रता र समय आदी कुरा हरुमा भर्पर्छ। तर जरुरी  कुरा के हो भन्ने तपाईं सँग यस्ता केही लक्षण छन्न भने चिक्तसक को प्रामर्श  लिनु राम्रो हुन्छ।      

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x