×

NMB BANK
NIC ASIA

तिहार सकिएलगत्तै वनभोजकाे लहर

कात्तिक २६, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

बाँके-  नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले वनभोजमा खर्च गरिरहेका पाइन्छ । 

तिहार सकिएलगत्तै यहाँ वनभोजमा आउने लहर शुरु भएको छ । जिल्लाका विभिन्न पर्यटकीयस्थलमा दैनिकजसो सयौँ युवायुवती वनभोजका लागि आउने गर्छन् । हिजोआज यहाँ वनभोजमा आउनेको घुइँचो लागेको छ । अधिकांश पर्यटकीय क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । 

निकुञ्जमा चराचुरुङ्गी देखिनाका साथै वातावरणीय सुन्दरताका कारण पनि ती स्थान पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा विकसित हुँदै आएका हुन््् । हरेक समूहले आआफ्नै तरिकाले बाजागाजा तथा वेषभूषामा सजिएर वनभोज मनाइरहेका देखिन्छन् । वनभोजमा आएकाको रौनक नै बेग्लै देखिन्छ । 

साथीहरु जम्मा भएर तिहारमा देउसी–भैलो खेल्ने र वनभोज खाएर रमाइलो गर्ने यहाँको प्रचलन नै भैसकेको छ । बर्दिया बाँसगढी नगरपालिकाका भूपेन्द्र खड्का बाँकेको अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा रमाउँदै देउसी–भैलो खेलेर सङ्लित रकमले साथीसँग रमाइलो गरिरहेको बताउनुहुन्छ । 

“देउसी–भैलोबाट उठेको रकम वनभोजमा खर्च गर्न हामी यहाँ आएका हौँ”, खड्का भन्नुहुन्छ, “चाडपर्वमै साथीसङ्गी एकापसमा भेट भएर रमाइलो गर्छौं । अन्य समयमा त भेटघाट नै हुँदैन, चाडपर्व पारेरै रमाइलो गर्ने त हो नि ?” यहाँका प्राय सबै पर्यटकीयस्थल वनभोजमा आएका समूहले भरिभराउ भएका छन् । 

गाभर भ्यालीमा वनभोजमा आउनुभएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का रमेश आचार्य पनि चाडपर्व सकिएसँगै देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी रमाइलो गर्दै वनभोज गर्न आएको बताउनुहुन्छ । आफूहरूमा देउसी–भैलो खेलेपछि वनभोज गर्ने परम्परानै भएको उहाँको भनाइ छ । 

आचार्य भन्नुहुन्छ, “हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला भएर भविष्यका योजना बुन्नाका साथै नयाँ र पुराना पुस्ताबीच घुलमिल पनि गराउँछौँ ।” वनभोजलाई साथीको बिदाइ, विभिन्न सङ्घसंस्थाका साधारणसभा, पारिवारिक भेटघाटजस्ता अवसरका रुपमा पनि लिइन्छ । 

यहाँको गाभर भ्याली र अगैया मात्र नभई ढकेरी, मानखोला, चट्टारलगायत पर्यटकीयस्थल वनभोज टोलीले भरिभराउ छन् । वनभोजका लागि बाँकेसँगै बर्दिया, दाङ र सुर्खेतबाट पनि छुटृाछुटृै टोली आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरी बताउनुहुन्छ । 

वनभोज खान जानेको चहलपहल बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । निकुञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा दृश्यावलोकनका साथै घुमघाम गर्नेको सङ्ख्या वृद्धि भएको जानकारी दिँदै चौधरीले भन्नुहुन्छ, “शनिबारका दिन धेरै भीड हुने गरेको छ ।” 

शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारी परिवारका साथ घुम्नका लागि पनि ती स्थान पुग्ने गर्छन् । ढकेरीमा मात्र दैनिक आठदेखि १५ वटासम्म टोली पुग्ने गरेका छन् । गाभरमा पनि वनभोज टोलीको उस्तै भीडभाड हुने गरेको छ । “कात्तिकदेखि वनभोज शुरु भइ यो क्रम वैशाख महिनासम्म चल्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x