×

NMB BANK
NIC ASIA

काठमाडौं–ऐतिहासिक धरहराको पुनर्निर्माण शुरु भएको छ । २०७२ साले वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहरा साढे तीन वर्ष पछि बन्न लागेको हो । 

Muktinath Bank

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले धरहरा निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम शुरु गरेको छ । नयाँ धरहराको जग खन्न शुरु गरेको छ । पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री भण्डारण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा निर्माण गरिनेछ । गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुनेछ । पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।  

अब धरहरा क्षेत्र अब ४२ रोपनी जमिनमा फैलनेछ । त्यसका लागि नजिकै रहेको गोश्वारा हुलाक कार्यालय हटाइने छ भने वाणिज्य बैङ्क रहेको टक्सार भवन पनि भत्काइने छ । सो ठाउँमा सङ्ग्रहालय बनाउने योजना प्राधिकरणको छ । । धरहराका क्षेत्रमा मनोरम बगैँचा समेत निर्माण गरिने छ । 

धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्ने छ । हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउन लागिएको हो । अहिले भएको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ ।

पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ । 

धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री हुनभएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गरेका थिए । त्यसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइएको थियो । जसमा प्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीहरुले एक महिनाको तलब योगदान गरेका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x