×

NMB BANK
NIC ASIA

भ्रष्टाचार गर्नेलाई सरकारी कार्यक्रम दिइन्न : मन्त्री केसी

कात्तिक २६, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भ्रष्टाचार गर्ने, कमिशन खानेलाई कार्यक्रम नदिने बताएकी छन् ।

Muktinath Bank

सोमवार लेकबेसी नगरपालिकामा आयोजना गरिएको समृद्ध कृषि सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले यसअघि भ्रष्टाचार गर्नेको हातमा कृषि मन्त्रालयको कार्यक्रम जाने भएका कारण कृषि क्षेत्रप्रति जनतामा नैराश्यता उत्पन्न भएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुदान बिचौलियाको हातमा


Advertisment
Nabil box
Kumari

‘विगतमा सही पशुपालन गर्ने र तरकारी खेती गर्ने किसानले अनुदान पाएन । फलस्वरुप कृषि पेशाप्रति जनताको ध्यान कम गयो,’ उनले भनिन्, ‘अब प्रदेश सरकार त्यस्तो गर्ने छैन । जो किसानले खेती गरेको छ, उसैले मात्रै राहत पाउने निश्चित छ ।’ यसअघि राज्यले दिने अनुदान आवश्यक परेकालाई नदिइएको बताउँदै उनले अनुदान बिचौलियाले अर्कैको फार्म वा तरकारी खेती देखाएर खाने गरेको पाइएको बताइन् । तर, अब कर्णाली प्रदेश सरकारले जनताको आँगनमै पुगेर, निरीक्षण गरेर मात्रै अनुदान वितरण गर्ने गरी मन्त्रालयले कार्यविधि बनाइरहेको बताइन् ।

Vianet communication

कर्णालीमै बीऊ खपत गरिने

लेकबेसी नगरपालिकामा जनताले उत्पादन गरेको गहुँको बीऊ १० मेट्रिक टन खेर गएको खबरले आफूलाई दुखित तुल्याएको उनले बताइन् । ‘किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बजारीकरणको अभावमा खेर जाने दशा आउनु दुर्भाग्यपूर्ण हो,’ मन्त्री केसीले भनिन्, ‘तर, हामी अब त्यसो हुन दिने छैनौं । कम्तिमा किसानलाई निरुत्साहित हुने गरी प्रदेश सरकारले नीति तय गर्ने छैन । किसानका उत्पादन बरु सरकारले नै किनेर भएपनि किसानलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कर्णालीमा उत्पादन भएको बीऊलाई कर्णालीमा नै कसरी खपत गर्न सकिन्छ भन्ने बारेमा प्रदेशका सबै स्थानीय तहसँग समन्वय गर्ने बताइन् । ‘भारत तथा तराईबाट ल्याइएको बीऊसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं,’ उनले भनिन्, ‘पहिले कर्णाली प्रदेशमा नै खपत गर्नेबारे केही सोचौं । अनि सरकारले बजारीकरणबारे अन्य स्थानका लागि उपाय निकाल्ने छ ।’

उत्पादक नायक/नायिका घोषणा

मन्त्री केसीले कर्णाली प्रदेश सरकारले कृषिमा आधारित रहेर ७० लाख बराबरको बजेट पुरस्कार तथा प्रोत्साहनमा खर्च गर्ने बताइन् । ‘नग्न स्वरुप भएका मिस्टर र मिसेज घोषणा गर्नुभन्दा कृषि पेशामा लागेका, सबैभन्दा राम्रो काम गर्न सकेका युवा युवतीलाई उत्पादक नायक तथा नायिका भनेर पुरस्कारको ठूलो धनराशी मन्त्रालयले विनियोजन गरेको छ,’ उनले भनिन्, ‘यस्ता प्रोत्साहनका कार्यक्रमले आमयुवामा सकारात्मक प्रभाव जाने र कृषि पेशाप्रति सम्मान प्रकट हुने अपेक्षा मन्त्रालयको छ ।’

किसानमैत्री कानून बनाइने : सांसद नेपाली

सांसद सिताकुमारी नेपालीले यसअघि बनाइएका बानून किसानमैत्री नभएको बताउँदै सरकारले ल्याउने कानूनमा आफूहरूले संशोधन हालेर भएपनि किसानमैत्री बनाउने बताइन् । ‘यसअघिका कानूनले हुनेखानेलाई फाइदा पुर्याएको हामीले सुनेका र भोगेका छौं,’ सांसद नेपालीले भनिन्, ‘तर, प्रदेशसभाले त्यस्तो कानून बनाउने छैन । हामी कर्णालीवासी किसानको पक्षमा कानून बनाउँछौं ।’ 

आत्मनिर्भर लेकबेसीका लागि कृषि : नगर प्रमुख सुनार

लेकबेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले लेकबेसी नगरको समृद्धिको पहिलो आधभार नै कृषि भएको बताए । ‘हाम्रो नगरपालिकालाई आत्म निर्भर बनाउन कृषिको व्यावसायिकरण आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक गृहकार्य हामीले अघि बढाइरहेका छौं ।’ उनले लेकबेसीको समृद्धिका लागि सरकार, जनता र सहकारी मिलेर जानुको विकल्प नभएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x