×

NMB BANK
NIC ASIA

पितृको स्मरणमा पदमार्ग निर्माण

कात्तिक २८, २०७५

NTC
Premier Steels

गलेश्वर- आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण गरेका छन् । 

Muktinath Bank

आफ्नै थाँतथलोमा ज्यान गुमाएका पितृप्रति सम्मान मात्र व्यक्त गरेका छैनन्, सिँढीसहितको पदमार्ग निर्माण गरेर खोप्रासम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पनि प्रदान गरेका छन् । पाउद्धारवासीले आफ्नै लगानीमा ८ किमी पदमार्ग निमार्ण गरेका हुन् । पाउद्धारदेखि पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने पदमार्ग निर्माण भएपछि स्थानीयवासी तथा पर्यटकलाई सुविधा पुगेको पाउद्धारका अगुवा भीमबहादुर पुनले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्करे भीरमा पदमार्ग मात्र निर्माण गरेका छैनन्, ठाउँठाउँमा खानेपानीको धारासमेत निर्माण गरेका पाउद्धारवासीको सो कार्य आफ्ना पितृको स्मरण गर्नका लागि अत्यन्त अनुकरणीय रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । पदमार्गको ठाउँठाउँमा पानीको धारा निर्माण गरेपछि पर्यटकलाई गाउँबाट नै पानी बोकेर जानुपर्ने समस्याको अन्त्य भएको छ । बाटोमा पानीको धारा बनाउने काम भने स्थानीयवासी माया गर्वुजाले गर्नुभएको हो । “मैले आफ्ना पितृको स्मरण गरेर धारा निर्माण गरेकी हुँ” उहाँले भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

“केही वर्ष पहिले आफूले मागेको भाकल पूरा गर्न खयरभारानी जाँदा बाटोमा तिर्खा लाग्दा पानी नपाएर दुःख पाएकी थिएँ,” गर्वुजाले भन्नुभयो, “गाउँको विकासमा केही सहयोग गर्नुपर्छ भनेर आफ्ना पितृको सम्झनामा खोपापारदेखी डेरीबाससम्म खानेपानी ल्याउन सहयोग गरेकी हुँ ।” तीन दर्जनभन्दा बढी घरधुरी रहेको पाउद्धारगाउँका बासिन्दाले आफ्ना पितृको स्मरणमा चौतारो, खानेपानी, पदमार्गलगायत काम गर्दै आएका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x