×

NMB BANK
NIC ASIA

जनकपुरधाम – मिथिलाको लोक आस्था सहितको कठोर पर्व छठ बुधवार बिहान उदाउँदो सूर्य देवतालाई अर्घ्य दिएर सम्पन्न भएको छ ।

Muktinath Bank

परापूर्वकालदेखि मनाउँदै आएको छठ पर्वको महत्त्व कतिसम्म छ भने प्रदेश सरकारले मंगलवार र बुधवार गरी २ दिन सार्वजनिक बिदा नै घोषणा गरेको छ । मिथिलाका अधिकांश हिन्दू समुदायले छठ पर्व मनाउने गरेका छन् ।
छठ नहुने व्यक्तिको घरमा छठका व्रतालुले प्रसाद वितरण गर्ने गर्छन् । जनकपुरको छठको आकर्षण यतिसम्म बढेको छ कि छठलाई नै हेर्नका लागि भन्दै स्वदेशका आन्तरिक पर्यटक सँगसँगै अब विदेशी पर्यटक समेत आउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको पटनास्थित गंगा नदीको घाटमा मनाइने छठ जसरी विश्वभर प्रख्यात बनेको छ, ठीक त्यसैगरी जनकपुरधामको छठको भव्यता र लोकप्रियता बढ्दै गएको छ । जनकपुरधामस्थित राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरी भन्छन्, ‘भारतको पटनापछि जनकपुरधामको छठ नै पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्न पुगेको छ ।’


Advertisment
Nabil box
Kumari

खास गरेर रामायणकालीन राम र सीताको कथा प्रसङ्ग जोडिएको ऐतिहासिक, धार्मिक, पौराणिक महत्त्व बोकेको गंगासागर, धनुष सागर र अंगराज सर लगायतको घाटमा हुने गरेको छठी मैयाँको पूजा हेर्न पर्यटक आउने गरेका छन् ।

Vianet communication

जनकपुरधाममा पुस्तौंपुस्तादेखि बसोबास गर्दै आएका कतिपय पहाडी समुदायका व्यक्ति जनकपुरधामबाट पलायन भएका छन् । मधेश आन्दोलनका बेला भूमिगत सशस्त्र समूहको आतंक र जग्गा व्यवसायी तथा भूमाफियाका कारण पलायन भएका पहाडी समुदायका परिवारको अनुपस्थितिले छठ पर्वको रौनकतामा केही कमी आएको छ । दशैंतिहारमा पनि पहाडी समुदायको अनुपस्थितिले खल्लो बनाइरहेको हुन्छ । पर्वमा विविध सहभागिता हराउँदै गएको देखिन्छ । कम्तिमा छठ पर्वका लागि पलायन भएका व्यक्तिलाई जनकपुरको समाजले आमन्त्रण गर्नुपर्थ्यो । काठमाडौं, हेटौडा, चितवन लगायत अन्यत्र पलायन भएका जनकपुरका पहाडे समुदायका मानिसलाई छठ हेर्नकै निम्ति भएपनि बोलाउन सकिए जनकपुरको छठको बैभव झन् बढ्ने थियो ।

तराई–पहाड जोड्ने एकताको पर्वको रूपमा छठलाई हेर्ने गरिएको छ । घाटमा कुनै पनि जातीय भेदभाव हुँदैन । धनीदेखि गरीब, हरेक जाति समुदायका मानिसले एकैघाटमा एकैसाथ पूजा गर्ने गर्छन् । सबैले बनाउने गरेको प्रसाद पनि एक समान नै हुन्छ । कुनै पनि किसिमले भेदभाव हुँदैन । त्यस्तो परिस्थितिमा वर्षौदेखि बसोबास गर्दै बसाइसराइ गरेर विस्थापित भएकालाई भने छठको प्रसादी खान आमन्त्रण अवश्य नै गर्न सकिन्छ । 

जनकपुरधामका विभिन्न पोखरीमा मनाइएको छठपर्व हेर्न तथा शुभकामना आदानप्रदान गर्न जसरी जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो घाटैघाट घुमेका थिए, उनीहरूले नै आउँदो छठमा त्यस कामका लागि अगुवाइ गर्नु आवश्यक छ ।

जनकपुरधामको छठलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकसित गर्नका लागि सबैभन्दा पहिले आफ्नै थातथलोबाट विस्थापित भएका आफ्नै दाजुभाईलाई सन्तुष्ट पार्नु जरूरी छ । 

जनकपुरधामबाट पलायन भएका पहाडी समुदाय बसाइसराइ गरेर पुगेको ठाउँमा पनि छठ मनाइरहेकै होलान् । तर कम्तिमा पनि छठ मनाउन नै उनीहरूलाई जनकपुरमा ल्याउन सकियो भने जनकपुरिया र थातथलो छोडेर जानुपरेका जनकपुरका पहाडे समुदायबीचको सद्भाव फेरि सुदृढ हुन सक्ने छ । पलायन भएका ती व्यक्तिको मनमा जनकपुरप्रति आक्रोश हुनु स्वभाविक नै हो । उनीहरूको मनोविज्ञान पनि जनकपुरप्रति धेरै नै नकारात्मक हुन पुगेको थियो । त्यसैले त्यो मनभेदलाई हटाउन र फेरि पनि मन जोड्नका निम्ति छठलाई नै ठूलो अवसरको रूपमा प्रयोग गर्न सकिन्थ्यो । त्यसका लागि स्थानीय सरकारदेखि स्थानीय युवा क्लबले समेत अगुवाइ गर्न सक्नुपर्छ । जुन कुरामा फेरि पनि चुकेकै हो ।

काठमाडौंमा पनि छठ मनाउने गरिएको छ । तर जनकपुरमा विशेष सुन्दरता रहन्छ । पलायन हुन पुगेका ती आफ्नै दाजुभाई, काकाकाकी, दिदीबहिनीलाई अरु केही नगरेपनि आगामी दिनमा छठ हेर्न निम्तो भने अवश्य नै दिनुपर्छ ।

जनकपुरमा अहिले पनि बसोबास गर्दै आएका पहाडी समुदायका मान्छेले पनि पहलकदमी लिनु आवश्यक छ । उनीहरूले को कहाँ छन् भन्ने तथ्यांक पत्ता लगाएर उनीहरूमार्फत् नै कम्तिमा छठमा जनकपुरधाम बोलाउन सकियो भने मनभेद वा मतभेद जे भएपनि हटाउन सकिन्थ्यो । 

छठलाई अब राष्ट्रिय एकताको प्रतिकसँगै सबै जाति, समुदाय, धर्मप्रति समानता र एकअर्कालाई जोड्ने पर्वको रूपमा स्थापित गर्ने कोसिस भइरहेको बेला यसपटक हुन नसकेपनि आउँदो वर्षमा हुने छठमा भने तिनीहरूलाई आमन्त्रण गर्नेतर्फ जनकपुरबासीले अगुवाइ गर्नैपर्ने हुन्छ । विगतमा भूमाफिया र केही आपराधिक समूहले गरेको आपराधिक गतिविधिका कारण पलायन भएकासँग प्रायश्चित गर्ने मौका पनि जनकपुरबासीले पाउने छन् ।

पत्रकार तथा स्तम्भकार समेत रहेका वीरगञ्जका पत्रकार चन्द्रकिशोरले सामाजिक सञ्जालमा एउटा तस्वीर पोस्ट गर्दै लेखेका थिए, ‘मोहनप्रसाद उपाध्याय (पूर्वप्रजिअ) जो हाम्रो गाउँ सर्लाही बलरा (सिमान्त बस्ती) बाट ४५ वर्ष पहिला बसाइसराइ गरेर काठमाडौं जानु भो, यसपटक हाम्रो पारिवारिक आमन्त्रणमा छठ दर्शन गर्न आउनुभएको छ ।’ 

पत्रकार चन्द्रकिशोरले त्यसको सुरुवात गरिसकेका छन् । उनको पत्रकारिताको कर्मस्थल वीरगञ्ज छ । तर उनको घर सर्लाहीको बलरा हो । बलरामै बस्दै आएका उपाध्याय जो बसाइसराइ गरेर काठमाडौं गए, उनलाई छठ हेर्न उनले आफ्नो घरमै आमन्त्रण गरेका थिए ।

उपाध्यायले पक्कै पनि त्यहाँ पुगेपछि आफ्नो बाल्यकालदेखि पढाइ–लेखाइ, खेलकूद, साथीसंगत सबै कुराको स्मरण गरेका होलान् । छठ त उनले काठमाडौंमा पनि हेर्न सक्थे होलान् । तर बलरामा पुगेर छठ हेर्न पाउँदा उनी आत्मसन्तुष्ट पक्कै भएका होलान् ।

यसको शुरूवात जसरी भएको छ, त्यसैगरी जनकपुरियाले पनि आगामी छठमा त्यो अवसर जुटाउन सक्नुपर्छ । मधेशी–पहाडीबीच विगतमा जे खाडल बढेको थियो, मतभेद र मनभेद बढ्दै गएको थियो, त्यसलाई सदाका लागि अन्त्य गर्न पनि त्यसको शुरूवात गर्नु आवश्यक छ । अब जे भयो भयो, आगामी दिनमा जनाकपुरियाले त्यो मौका जुटाउन चुक्नुहुन्न ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x