×

NMB BANK
NIC ASIA

सिक्का गालेर गहना बनाउने बढे, कानूनी दायरमा ल्याउन कठिनाइ

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती – नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । 

Muktinath Bank

सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैङ्कले सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’को स्मरणमा जारी गरेको ‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित पित्तलको सिक्का गालेर गहना बनाउनेक्रम गाउँगाउँमा बढिरहेको छ । सोही कारण ती सिक्का अहिले यहाँको बजारमा हराउँदै गएका छन् । 


Advertisment
Nabil box
Kumari

पछिल्लो एक वर्षको अवधिमा भिजिट नेपाल उल्लेखित रु एकदेखि दशसम्मका सिक्का गालेर औँठी, मुन्द्रा, सिक्री, बालालगायतका गहना बनाउने गतिविधिले सो सिक्का हराउँदै गएको हो ।

Vianet communication
Laxmi Bank

गहना बनाउन यहाँ ती सिक्का रु ५०० देखि एक हजारसम्ममा खरीद–बिक्री हुने गरेको यहाँका सुनचाँदी व्यवसायी बताउँछन् । “पित्तलको सिक्काबाट बनेको गहनाको रङ झट्ट हेर्दा सुनजस्तै देखिन्छ ।” नाम बताउन नचाहने एक व्यवसायीले भने “सिक्का गालेर गहना बनाउन नपाइने थाहा भए पनि थोरै मेहनतमा राम्रो कमाइ हुने भएकाले लुकिछिपी काम गर्दै आएका छौं ।” 

‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित सिक्का पित्तलबाट बनेको हुनाले सहजै गालिने र त्यसबाट बनेका गहना सुनको जस्तै देखिने हुँदा सो सिक्काको दुरुपयोग रोक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

रङ्गेहात नियन्त्रणमा लिन नसकिएको र उजुरी पनि नआउँदा कारवाही गर्न कठिन भएको प्रहरी प्रमुख कुँवरले बताए । सिक्काको स्वरूप बिगार्ने मात्र नभई नोटमा समेत केरमेट गर्ने, नाम–ठेगाना उल्लेख गर्ने गतिविधिलाई कारवाहीको दायरामा ल्याउने प्रयासमा प्रहरी जुटेको छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा मुद्रासम्बन्धी कसुरमा दफा २६३ को उपदफा १ मा “अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रूपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन” उल्लेख छ । 

उक्त दफाको उपदफा २ मा कसैले बैङ्क नोटमा लेख्न वा कोर्न नपाइने व्यवस्था छ । उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महीनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने उल्लेख गरे पनि कानूनी दायरामा ल्याउन प्रमाण जुटाउन कठिन बनेको प्रहरीको भनाइ छ । 

प्रहरी प्रमुख कुँवरका अनुसार अपराधमा संलग्नलाई तथ्य प्रमाणको खोजी गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन भने प्रयास भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x