दीपिका–रणवीरको विहे : बिहिबार यी बलिउड स्टार इटाली जाने सम्भावना

कात्तिक २८, २०७५

काठमाडौं– रणवीर सिंह र दीपिका पादुकोणले सञ्जय लिला भन्सालीको पद्मावत लगायतका केही चर्चित फिल्ममा काम गरेका छन् ।

उनै भन्साली सहितका केही चर्चित बलिउट स्टारहरु दीपिका–रणवीरको विवाह समारोहमा सहभागि हुने तयारीमा रहेका खबर भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । 


ADVERTISEMENT

दैनिक भास्करका अनुसार आज कोंकणी संस्कारअनुसार विवाह गरेका दीपिका रणवीरको बिहिबार सिंधी संकार अनुसार पनि बिहे हुनेछ । 

सोही समारोहमा भाग लिन भन्सालीसहित बलिउड स्टार शाहरुख खान, आदीत्य चोपडार फराह खान इटाली जाने तयारीमा छन् । 

समाचारअनुसार सो विहेमा जम्मा ४० पाहुनालाई बोलाइएको छ  । 

यसअघि पाहुकाको लिस्टमा बलिउडका कोही पनि हस्तीको नाम नभएको बताइएपनि फिल्मफेयरको ताजा रिपोर्टअनुसार शाहरुख लगायतका स्टार जाने तयारीमा रहेको दाबी गरिएको हो । 
 

कात्तिक २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार