×

NMB BANK
NIC ASIA

रोल्पाको जडीबुटी प्रशोधन गरी बाहिर निर्यात

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कात्तिक-पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ । लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, सुगन्धवाल, सुगन्धकोकिला, तितेपातीलगायत जडीबुटीबाट तेल निकाल्न थालिएको हो । 

सो उद्योगबाट उत्पादित तेल काठमाडौँ, पोखरा, चितवनजस्ता बजारमा पठाउन थालेको उद्योगले जनाएको छ । रु एक करोड ५० लाखको लागतमा स्थापित उद्योगमा ३५ कामदारले रोजगारी पाइरहेको उद्योगका ‘प्रोपाइटर’ टेकबहादुर घर्तीमगरले जानकारी दिनुभयो । 

Muktinath Bank

विगत लामो समयदेखि जडीबुटी व्यवसाय गर्दै आएका घर्तीले केही वर्षयता सुलीचौरमै तेल प्रशोधन उद्योग स्थापना गरी जिल्ला कबाहिर पठाउन थालेको बताउनुभयो । जडीबुटीको प्रशोधित तेलको मूल्य महङ्गो हुने भएकाले स्थानीय बजारमा बिक्री नभई अन्यत्र ठूला बजारमा पठाउने गरिएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बास्नादार तेल र आयुर्वेदिक औषधिको रूपमा स्थानीय जडीबुटी प्रशोधन भइरहेको घर्तीले बताउनुभयो । उद्योगमा तितेपातीबाट किटनाशक औषधिसमेत उत्पादन हुने गरेको छ । रसायन प्रयोग नगरी उत्पादित उक्त औषधिबाट किसानको खेतबारीमा कीराको प्रकोप नियन्त्रणमा सघाउ पुगिरहेको छ । 

स्थानीय सामुदायिक वन र निजी जग्गामा उत्पादित घाँस र जडीबुटी प्रशोधन गरेर तेल निकाल्नुपर्ने भएकाले कच्चा पदार्थको अभाव हुने गरेको छ । सो समस्या टार्न स्थानीय कृषकलाई उत्पादन कार्यमा प्रोत्साहन गरेको घर्तीको भनाइ छ । शुरुमा स्थानीय जडीबुटी प्रवद्र्धनका लागि एक सामाजिक संस्थाले मेशिन उपलब्ध गराए पनि समूहगतरूपमा काम सञ्चालन हुन नसकेकाले आफैंले मेशिन खरिद गरी उद्योग शुरुआत गरेको घर्तीले बताउनुभयो । 

ठूल्ठूला शहरका अतिरिक्त विदेशमा समेत सामान पठाउन चाहे पनि बजार सञ्जालबारे आफूलाई थाहा नभएको घर्तीले बताउनुभयो । संयुक्त राज्य अमेरिका, युरोपलगायतका देशमा पठाउन चाहे पनि बजार सञ्जालबारेमा आफू जानकार नभएको घर्तीको भनाइ छ । 

सामुदायिक वनमा समेत जडीबुटीखेती गरेर आम्दानी बढाउन सकिने घर्तीको सुझाव छ । सामुदायिक वनको आन्तरिक आय वृद्धि हुने र उद्योग पनि दिगो ढङ्गले सञ्चालन हुने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको आग्रह गर्दै उहाँले उद्योग राम्रोसँग सञ्चालन भइरहे पनि कहिलेकाहीँ जडीबुटीको बजार मूल्यमा आउने उतारचढावले आफूलाई समस्या पार्ने गरेको बताउनुभयो । 

जिल्लामा स्थापना भएका यस्ता उद्योगको निरन्तरता र दिगोपनाका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो । बेरोजगारीको समस्याका कारण दिनानुदिन ठूलो सङ्ख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका बेला यस्ता उद्योग विस्तार र प्रवद्र्धनमा तीनै तहका सरकारले ध्यान दिए युवा पलायनता रोक्न मद्दत पुग्ने अध्यक्ष चन्दको भनाइ छ । 

जडीबुटीको भण्डार मानिने रोल्पामा हजारौँ थरिका जडीबुटी उत्पादन हुन्छन् । प्राकृतिकरूपमै उम्रेका त्यस्ता जडीबुटीबाट स्थानीयवासीले राम्रो आम्दानी गरिरहेका छन् । पहिचानको अभावमा सयाँै बहुमूल्य जडीबुटी प्रयोगविहीन भए पनि केही जडीबुटी भने पहिचान भई उत्पादन र बिक्री वितरणसमेत हुँदै आइरहेका छन् । जडीबुटी उत्पादन तथा स्थानीय बजारमै प्रशोधन गरी बिक्रीवितरण गर्न सके किसानले बढी मूल्य पाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने देखिन्छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x