×

NMB BANK
NIC ASIA

रचनात्मक पहल : बिरामी भेट्न जाँदा फलफूल होइन, नगदसहित स्वास्थ्य लाभ कार्ड

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– तपाई–हाम्री आफन्त बिरामी भएर अस्पतालमा भर्ना भएको खण्डमा बिरामीको अवस्था बुझ्न अस्पताल पुग्ने गर्छौं । अस्पताल जाँदा आफ्नो मनमा बिरामी छिटो निको होस् भन्ने कामनासँगै हातमा एउटा प्लास्टिकको झोलाभित्र फलफूलहरू (स्याउ, केरा, अनार, सुन्तला) वा हर्लिक्स, बिस्कुट लैजाने गर्छौं । यो हाम्रो बानी नै हो ।

Muktinath Bank

तर रूपन्देहीका १ युवाले बिरामीलाई भेट्न जाँदा स्वास्थ्य लाभ कार्ड (गेट वेल सुन) सहित नगद अभियान थालेका छन् । बुटवलका युवा अभियन्त मुक्तिराज पौडेलले अस्पतालमा बिरामी भेट्न जाँदा फलफूल होइन ‘स्वास्थ्य लाभ कार्डमा नगद दिएर बिरामी भेटौ’ भन्ने अभियान थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समय अगाडि आफ्नो जन्मदिन पारेर पौडेलले अस्पतालमा भर्ना भएका बिरामीको सहयोगार्थ स्वास्थ्य लाभ कार्डको नयाँ अभियान शुरू गरेका हुन् । ‘अस्पतालमा बिरामी आफैं पनि आर्थिक अभावबाट गुज्रिएको हुन्छ,’ पौडेल भन्छन्, ‘भेट्न जाँदा सानै भएपनि आर्थिक सहयोग पुगोस् भनेर मैले यो अभियान थालेको हुँ । यो अभियान पछिल्लो समय बुटवलमा धेरै युवायुवतीले अनुशरण गरेका छन् ।’


Advertisment
Nabil box
Kumari

पौडेलले बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको गरीब बिरामीले उपचार गर्ने कक्षका ५० जना बिरामीलाई २ सय ५० रूपैयाँ स्वास्थ्य लाभ कार्डमा राखेर वितरण गरी अभियानको शुरू गरेका थिए ।

Vianet communication
Laxmi Bank

उनले थपे, ‘शुरूमा मैले सिधै खाममा नगर राखेर बिरामी भेट्न जान थाले, त्यसलाई लिन केही आफन्तले लिन अप्ठ्यारो मान्नुभयो । त्यसपछि स्वास्थ्य लाभ कार्ड बनाएर त्यसैमा नगद राखेर बिरामी भेट्न जान थाले । कार्ड दिएपछि सबैले सहज रूपमा स्वीकार गरे कार्डभित्र थोरै भएपनि नगद राखेर दिन्छु ।’

‘भारतको अहमदावाद अस्पतालमा बिरामी भेट्न जाँदा शुभचिन्तकहरू अनिवार्य ५० रूपैयाँ दर्ता गरिदिनुपर्छ । हामीले पनि बिरामीले भेट्न जाँदा सानै भएपनि रकम सहयोग गर्न के सकिँदैन र ?’ पौडेलले प्रश्न गरे ।

आफन्त तथा शुभेच्छुक बिरामी हुँदा फलफूल लिएर भेट्न जाने क्रममा फलफूल कतिपय बिरामीको अवस्थाले खान नहुने र कतिपय अवस्थामा बढी भएर खेर जाने गरेको भन्दै त्यसको सट्टा स्वास्थ्य लाभ कार्ड अभियान शुरू गरेको पौडेल सुनाउँछन् । उनी बुटवल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक समेत हुन् । 

सामाजिक क्षेत्रमा काम गर्न रूचाउने पौडेल आफ्नो हस्पिटलमा आउने बिरामीको शैय्यामै पुगेर विशेष ख्याल गर्छन् । ‘भर्ना भएका बिरामीको स्वास्थ्य अवस्था सुधार गर्न त स्वास्थ्यकर्मीले काम गरिरहेका हुन्छन् । बिरामी भेट्न आफन्त र साथीभाईहरू बिरामीको अवस्थाबारे बुझ्न जाँदा र स्वास्थ्य लाभको केही शब्दसहित फलफूल किन्ने बराबरको रकम छाडेर आउँदा बिरामी पक्षलाई केही सान्त्वना मिल्छ । त्यति भएपनि सहयोग गरे ठूलो राहत बिरामी पक्षलाई मिल्न सक्छ,’ पौडेलले भने ।

उनले अभियानबारे सबैलाई बुझाउन भरतपुरको क्यान्सर हस्पिटल, काठमाडौंको गंगालाल अस्पताल, प्रसुति गृहमा पनि स्वास्थ्य लाभ कार्ड वितरण गरी सांकेतिक रूपमा देशभर सबैलाई जानकारी गराउने अभियानको तयारीमा छन् ।

पौडेलले आफ्नो नगदसहित स्वास्थ्य लाभ कार्डको अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । अभियानबाट प्रभावित भएर २० भन्दा बढी युवाहरूले आफ्नो जन्मदिनमा अस्तालका विपन्न वर्गका बिरामीलाई नगदसहित स्वास्थ्य लाभ कार्ड वितरण गरेको पौडेल सुनाउँछन् । 

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे बिरामी भएर भर्ना हुँदा पौडेलले शुरू गरेको अभियानबाट प्रभावित भएर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पाण्डेलाई नगदसहित स्वास्थ्य लाभ कार्ड दिएका थिए । 

समाजमा अनुत्पादक हुँदै गएको कतिपय चलनचल्तीलाई परिवर्तन गर्न केही कठिन भएपनि असम्भव भन्ने केही छैन । देश र संस्कार बदल्नु छ भने आफैंबाट शुरू गरिनुपर्छ । नयाँ चलन आत्मसाथ गर्न पनि समाजलाई सजिलो भने हुँदैन । तर राम्रो काममा सबैले सघाउ पुर्याउँदा सबैलाई फाइदा पुग्ने उनको भनाइ छ । 

पौडेलले अब बुटवललाई सफा बनाउने स्वच्छ र सफा बनाउने परिकल्पनासहित योजना थालेका छन् । उनले एक व्यक्ति एक दिन एक टुक्रा फोहोर उठाउने अभियान छिट्टै सञ्चालन गर्ने बताए । ‘म व्यक्तिगत फाइदा होइन । आवश्यकता अनुसार चल्नुपर्छ भन्छु र चल्छु पनि,’ उनी भन्छन्, ‘बुटवल बजारमा हामी लाखौं मानिस बसोबास गछौं । बजारका विभिन्न ठाउँमा फोहोर छ । एक व्यक्ति एक दिनमा सडकबाट एक टुक्रा फोहोर प्रत्येक दिन उठायो भने बजार स्वच्छ र सफा हुन्छ । म त्यो अभियानको तयारीमा जुटेको छु ।’

त्यसको लागि उनले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघसंस्थासँग कसरी अभियान शुरू गर्ने भनेर आन्तरिक छलफलमा लागेका छन् । केही समय अगाडि उनले बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारी मेडिकल कजेज) हस्ताक्षर अभियान सञ्चालन गरे ।  उनले साविक लुम्बिनी अञ्चलका सबै जिल्लामा पुगेर १ लाख ५० हजार हस्ताक्षर संकलन गरी तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापालाई बुझाएका थिए । उनले त्यो अभियानले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरू विष्णु पौडेल, बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली लगायतका नेताहरूको समेत ध्यान खिचेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x