×

NMB BANK
NIC ASIA

भारतका केन्द्रीय गृहमन्त्री जनकपुरधाम नआउने, रेल हस्तान्तरण टर्‍यो

मंसिर १, २०७५

NTC
Premier Steels

जनकपुरधाम – जनकपुरमा रेलको उद्घाटन हुन नसक्ने यकिन भएपछि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको छ ।

Muktinath Bank

आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीकै अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुरधाम आउने र नेपाल सरकारलाई रेल समेत हस्तान्तरण गर्ने कार्यक्रम हुने भएकाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी जनकपुर आउने कुरा बाहिर आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि मोदी नआउने तथा गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने कुरा सार्वजनिक भएको थियो ।


Advertisment
Nabil box
Kumari

रामजानकी विवाहपञ्चमी महोत्सव आयोजना गरिरहेको तथा भारतका जन्तीलाई स्वागत गर्ने तयारी गरिरहेका जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले लोकान्तरसँग भने, ‘भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै कुर्थासम्मको रेल सञ्चालन हुने कार्यक्रम स्थगित भएकाले गृहमन्त्री सिंह आउने छैनन् ।’ तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने जन्ती बनेर आउने कार्यक्रम निश्चित नै रहेको वैष्णवले बताए ।

Vianet communication

शुक्रबार भारतीय राजदूत मञ्जिभसिंह पूरी लगायतले जनकपुरधाममा आएर जानकी मन्दिरको दर्शन गर्नुका साथै गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको वैष्णवले बताए ।

राजदूत पुरीले शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई समेत नगरपालिकाको कार्यालयमै गएर भेटघाट गर्नुका साथै मुख्यमन्त्री आदित्यनाथ आउने जानकारी गराएका थिए ।

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीका लागि २ नम्बरको प्रदेश सरकारले जानकी मन्दिरलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । महन्थ वैष्णवका अनुसार मुख्यमन्त्री आदित्यनाथलाई २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा जन्तीको रूपमा स्वागत गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x