×

NMB BANK
NIC ASIA

कपडा उद्योगीले सरकारलाई भ्याट नतिर्ने, कडा आन्दोलनकाे चेतावनी

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कपडा उद्योग संघले विभिन्न माग राख्दै मुलुकभरका कपडा उद्योग बन्द गरेको छ । सरकारले विगतमा कपडा उद्योगीलाई मुल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको थियो । तर, आर्थिक ऐनमार्फत् सरकारले भ्याट छुटको व्यवस्था हटाएको छ । 

Muktinath Bank

ऐनमा रहेको र विगतमा पाउँदै आएको भ्याट छुटको व्यवस्था हटाएपछि उद्योग संघले आगामी शनिवारसम्मका लागि मुलुकभरका २ सय ५० बढी कपडा उद्योग बन्द गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघले आफ्ना लागि वैकल्पिक व्यवस्था नगरी सरकारले भ्याट छुटको व्यवस्था हटाएकोले कपडा उद्योग सञ्चालन गर्न अप्ठ्यारो भएको भन्दै सांकेतिक आन्दोलन स्वरुप कपडा उद्योग बन्द गर्ने बताएको छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारको नारा समृद्धिको भए पनि नारा अनुसार काम नगरेको बताए । उनले विगतमा आफूहरुले पाउँदै आएको भ्याट छुट पाउनुपर्ने भन्दै पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सरकारले वेवास्ता गरेको बताए ।


Advertisment
Nabil box
Kumari

अहिले सांकेतिक रुपमा एक हप्ताका लागि कपडा उद्योग बन्द गरेको र आगामी दिनमा समेत आफुहरुका माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी अध्यक्ष प्रधानले दिए ।

Vianet communication
Laxmi Bank

संघले भ्याट छुटको प्रावधान हटाएपछि सो बराबरको रकम नगद अनुदानमा पाउनु पर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।

त्यस्तै पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट हुुनुपर्ने, उद्योगको मेसिनरी तथा पार्टस् खरिदमा लाग्ने भन्सार छुट हुनुपर्ने लागतयका माग संघले राखेको छ । त्यसैगरी उद्योगीले खरिद गर्ने डाइज र केमिकलमा भन्सार छुट पाउनु पर्ने, निर्यातमा १० प्रतिशत अनुदान पाउनु पर्ने र श्रमिकको भुक्तानीमा नगद अनुदान दिनुपर्ने माग राखेका छन् । आफ्ना मागहरुका सम्बन्धमा सरकारले आगामी शनिवारसम्म कुनै पनि सुनुवाइ नगरे कडा आन्दोलनमा उत्रिने संघले चेतावनी दिएको छ । 

नेपाली कपडा उद्योगमा १० अर्ब रुपैयाँ बराबरको लगानी रहेको र सयौंको संख्यामा नेपालीले नै रोजगारी पाएको समेत उद्योगीहरुको दावी रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x