×

NMB BANK
NIC ASIA

कार्यान्वयन भएन त्रिविमा सूचनाको हक, सूचना माग्दा दिन अटेर

मंसिर ३, २०७५

NTC
Premier Steels

काठमाडौं –देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । 

Muktinath Bank

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ९३० मा व्यवस्था गरिए तापनि त्रिविले यो हक कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनाको हकसम्बन्धी ऐन २०६४ प्रयोग गरी सूचना अभियन्ता सविन पोखरेलले गत साउन २८ गते त्रिभुवन विश्वविद्यालयमा आव २०७४/७५ अन्तर्गत २०७५ असार मसान्तसम्म नेपाल सरकारबाट स्वीकृत शिक्षण र प्रशासनिक कर्मचारीहरुको तहगत ढाँचामा दरबन्दी विवरणको प्रमाणित प्रतिलिपि माग गरिएकामा हालसम्म पनि विश्वविद्यालयले उक्त सूचना दिन अटेर गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

आफ्नो जानकारी, अध्ययन एवं अनुसन्धान र सूचना प्रवाह प्रयोजनको निम्ति सूचना मागको प्रयोजन खुलाएर निवेदन गरिएको एक बुँदे सूचना मागमा रजिष्टार कार्यालयले पुनः एक पटक कुन प्रयोजनका निमित्त सूचना माग गरिएको हो, त्यसको कारण खुलाएर निवेदन दिन निवेदकलाई भनेको मागकर्ता पोखरेलले जानकारी दिनुभयो । 

Vianet communication

सूचना अधिकारी र रजिष्ट्रारलाई सूचना माग गरिएको र सूचना दिन अटेर गरेपछि राष्ट्रिय सूचना आयोगमा गत भदौ २८ गते पुनरावेदन गरेपश्चात् आयोगले अनिवार्यरुपमा सात दिनभित्रमा लिखित जवाफ पेश गर्नु भन्ने आदेशपछि विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेती, कार्यालय प्रमुख नविन्द्र भण्डारी, सूचना अधिकारी भावना बज्राचार्यले निवेदक पोखरेललाई कार्यालयमा बोलाई पुनः एकपटक कुन पत्रिकामा छाप्ने हो रु भन्दै सूचना नदिएको पोखरेलले बताउनुभयो । 

सूचना आयोगको आदेशपछि पनि त्रिविले सूचना उपलब्ध नगराउनु त्रिविका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी कानुनको आधारभूत विषय र मूल मर्म समेत थाहा नभएको राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले जानकारी दिनुभयो । 

“सूचना मागकर्तालाई मागेकै ढाँचामा सूचना उपलब्ध गराउन हामीले त्रिविलाई आदेश गरिसकेका छाँै, सूचना उपलब्ध नगराए कार्यालय प्रमुख र सूचना अधिकारीलाई कारबाहीको सिफारिस गछौँ”–उहाँले भन्नुभयो । गत भदौ १२ गते उक्त कार्यालयका सूचना अधिकारीबाट निवेदक पोख्रेललाई माग गरिएको सूचना कर्मचारी प्रशासन महाशाखाबाट उपलब्ध गराउने भनी बोधार्थ आएतापनि अझसम्म उक्त महाशाखाबाट कुनै प्रतिक्रिया नआएको पोखरेल बताउँछन् । 

सूचना माग गर्दा प्रत्यक्ष उपस्थित भएर वा हुलाकबाट वा सञ्चारको कुनैपनि माध्यमबाट माग गर्न सकिने कानुनी व्यवस्था छ । सूचना अधिकारीलाई सम्बोधन गरेर सूचना माग गरिएपश्चात सूचना नदिए वा आशिंक सूचना दिएमा कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउन उजुरी निवेदन दिएपश्चात् एक सातापछि पनि सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ । यस्तो अवस्थामा पुनः उक्त कार्यालयमा कुनै पनि प्रकारको निवेदन दिन पर्ने व्यवस्था सूचनाको हकसम्बन्धी ऐनमा नरहेको पोखे्रलको भनाइ छ । 

पोखरेल भन्छन्, “सूचनाको हक प्रयोग गरेर मैले सूचना माग गरेको हुँ र उक्त ऐनमा नरहेको व्यवस्था मैले कसरी प्रयोग गरेर पुन निवेदन दिन सक्छु रु यो त सरासर विश्वविद्यालयको सूचना नदिने र लुकाउने नियत देखिन्छ ।” विश्वविद्यालयले यस्ता विवरणहरु सबैले जानकारी पाउन सक्ने गरी वेवसाइट, वार्षिक, मासिक, त्रैमासिक तथा चौमासिक रुपमा प्रकाशन गर्नुपर्नेमा विश्वविद्यालयको वेवसाइटहरुमा यस्ता सूचनाहरु पाइदैन ।” 

त्रिवि रजिष्टार कार्यालयका सूचना अधिकारी भावना बज्राचार्यले त्रिविको सूचना लुकाउने कुनै नियमत नभएको बताउँदै सूचना दिने विषयमा आफूहरु छलफलका क्रममा रहेकाले सूचना उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पोखरेलले माग्नुभएको सबै सूचना सूचना शाखामा छैन, हामीले कर्मचारी प्रशासन महाशाखामा माग गरेका छौँ, त्यहाँबाट सूचना प्राप्त भएपछि सूचना उपलब्ध गराउँछौँ ।” 

विश्वविद्यालयको केन्द्रीय कार्यालयले नै सूचनाको हकसम्बन्धी कानुनको पालनामा वेवास्ता गर्दछ भने विश्वविद्यालयअन्तर्गतका अन्य क्याम्पसहरुले यसको कसरी पालना गरिरहेका होलान् रु खोजी गर्नुपर्ने देखिन्छ ।काठमाडौँ, ३ मङ्सिर (रासस) ः देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । 

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (३) मा व्यवस्था गरिए तापनि त्रिविले यो हक कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ । 

सूचनाको हकसम्बन्धी ऐन २०६४ प्रयोग गरी सूचना अभियानकर्मी सविन पोखरेलले गत साउन २८ गते आफूले त्रिभुवन विश्वविद्यालयमा आव २०७४/७५ अन्तर्गत २०७५ असार मसान्तसम्म नेपाल सरकारबाट स्वीकृत शिक्षण र प्रशासनिक कर्मचारीहरुको तहगत ढाँचामा दरबन्दी विवरणको प्रमाणित प्रतिलिपि माग गर्नुभएकामा हालसम्म पनि विश्वविद्यालयले उक्त सूचना दिन अटेर गरिरहेको जनाउनुभयो । 

आफ्नो जानकारी, अध्ययन एवं अनुसन्धान र सूचना प्रवाह प्रयोजनको निम्ति सूचना मागको प्रयोजन खुलाएर निवेदन गरिएको एक बुँदे सूचना मागमा रजिष्टार कार्यालयले पुनः एक पटक कुन प्रयोजनका निमित्त सूचना माग गरिएको हो, त्यसको कारण खुलाएर निवेदन दिन निवेदकलाई भनेको मागकर्ता पोखरेलले जानकारी दिनुभयो । 

सूचना अधिकारी र रजिष्ट्रारलाई सूचना माग गरिएको र सूचना दिन अटेर गरेपछि राष्ट्रिय सूचना आयोगमा गत भदौ २८ गते पुनरावेदन गरेपश्चात् आयोगले अनिवार्यरुपमा सात दिनभित्रमा लिखित जवाफ पेश गर्नु भन्ने आदेशपछि विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेती, कार्यालय प्रमुख नविन्द्र भण्डारी, सूचना अधिकारी भावना बज्राचार्यले निवेदक पोखरेललाई कार्यालयमा बोलाई पुनः एकपटक कुन पत्रिकामा छाप्ने हो ? भन्दै सूचना नदिएको पोखरेलले बताउनुभयो । 

सूचना आयोगको आदेशपछि पनि त्रिविले सूचना उपलब्ध नगराउनु त्रिविका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी कानूनको आधारभूत विषय र मूल मर्म समेत थाहा नभएको राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले जानकारी दिनुभयो । 

“सूचना मागकर्तालाई मागेकै ढाँचामा सूचना उपलब्ध गराउन हामीले त्रिविलाई आदेश गरिसकेका छाँै, सूचना उपलब्ध नगराए कार्यालय प्रमुख र सूचना अधिकारीलाई कारबाहीको सिफारिस गछौँ”, उहाँले भन्नुभयो । गत भदौ १२ गते उक्त कार्यालयका सूचना अधिकारीबाट निवेदक पोख्रेललाई माग गरिएको सूचना कर्मचारी प्रशासन महाशाखाबाट उपलब्ध गराउने भनी बोधार्थ आएतापनि अझसम्म उक्त महाशाखाबाट कुनै प्रतिक्रिया नआएको पोखरेल बताउँछन् । 

सूचना माग गर्दा प्रत्यक्ष उपस्थित भएर वा हुलाकबाट वा सञ्चारको कुनैपनि माध्यमबाट माग गर्न सकिने कानुनी व्यवस्था छ । सूचना अधिकारीलाई सम्बोधन गरेर सूचना माग गरिएपश्चात सूचना नदिए वा आशिंक सूचना दिएमा कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउन उजुरी निवेदन दिएपश्चात् एक सातापछि पनि सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ । यस्तो अवस्थामा पुनः उक्त कार्यालयमा कुनै पनि प्रकारको निवेदन दिन पर्ने व्यवस्था सूचनाको हकसम्बन्धी ऐनमा नरहेको पोखे्रलको भनाइ छ । 

पोखरेल भन्नुहुन्छ, “सूचनाको हक प्रयोग गरेर मैले सूचना माग गरेको हुँ र उक्त ऐनमा नरहेको व्यवस्था मैले कसरी प्रयोग गरेर पुन निवेदन दिन सक्छु ? यो त सरासर विश्वविद्यालयको सूचना नदिने र लुकाउने नियत देखिन्छ ।” विश्वविद्यालयले यस्ता विवरणहरु सबैले जानकारी पाउन सक्ने गरी वेवसाइट, वार्षिक, मासिक, त्रैमासिक तथा चौमासिक रुपमा प्रकाशन गर्नुपर्नेमा विश्वविद्यालयको वेवसाइटहरुमा यस्ता सूचनाहरु पाइदैन ।” 

त्रिवि रजिष्टार कार्यालयका सूचना अधिकारी भावना बज्राचार्यले त्रिविको सूचना लुकाउने कुनै नियमत नभएको बताउँदै सूचना दिने विषयमा आफूहरु छलफलका क्रममा रहेकाले सूचना उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पोखरेलले माग्नुभएको सबै सूचना सूचना शाखामा छैन, हामीले कर्मचारी प्रशासन महाशाखामा माग गरेका छौँ, त्यहाँबाट सूचना प्राप्त भएपछि सूचना उपलब्ध गराउँछौँ ।” 

विश्वविद्यालयको केन्द्रीय कार्यालयले नै सूचनाको हकसम्बन्धी कानुनको पालनामा वेवास्ता गर्दछ भने विश्वविद्यालयअन्तर्गतका अन्य क्याम्पसहरुले यसको कसरी पालना गरिरहेका होलान् ? खोजी गर्नुपर्ने देखिन्छ । कुमार चौलागाई / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x