×

NMB BANK
NIC ASIA

युवक हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै धनगढीमा प्रदर्शन

मंसिर ३, २०७५

NTC
Premier Steels

धनगढी – युवक हत्या घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध स्वरुप सोमवार धनगढीमा प्रदर्शन गरिएको छ ।

Muktinath Bank

गत शुक्रबार राति धनगढी उपमहानगरपालिका–४ का ३० वर्षीय विजय थापाको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेर विरोध स्वरुप प्रदर्शनमा उत्रिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले घटनास्थलबाट थापाको शव घिसार्दै गरेको अवस्थामा उपमहानगरपालिका–४ कै आशिष सेठीलाई पक्राउ गरेको थियो । सेठीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्तापछि प्रहरीले थप अनुसन्धानको लागि जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।


Advertisment
Nabil box
Kumari

तर मृतक थापाको हत्या नभई उनीहरू बसेको होटल कलशको छतबाट खसेर मृत्यु भएको भन्दै अभियुक्त सेठीले प्रारम्भिक बयान दिएपछि र थप संलग्नबारे प्रहरीले चासो नदिएको भन्दै पीडित परिवारले संघर्षमा उत्रेका हुन् ।

Vianet communication

मृतककी आमा सीता थापाले रङ्गेहात पक्राउ परेको व्यक्ति नै हत्यारा भएको दाबी गर्दै प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको आशंका व्यक्त गरिन् । मृतकका परिवारले अझैसम्म शव बुझ्न मानेका छैनन् ।

संघर्ष समितिले हत्यारालाई कारवाही नगरिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ । सोमवार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको संघर्ष समितिले आफूहरूको माग सुनुवाइ नभए मंगलवार कैलाली जिल्ला बन्दको घोषणा समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यवाहक प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक हरि ओलीले अभियुक्त नियन्त्रणमा रहेको थप अनुसन्धान जारी रहेको अवस्थामा विभिन्न संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताए । आफूहरू घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै उनले हत्यारा कुनै पनि हालतमा उन्मुक्ति नपाउने ठोकुवा गरे ।

प्रहरीकै अनुसार मृतक थापा र अभियुक्त सेठी लागूऔषधका प्रयोगकर्ता एवं कारोबारी हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x