×

NMB BANK
NIC ASIA

सुर्खेत – आन्तरिक पर्यटकको आकर्षणको केन्द्र वीरेन्द्रनगर–१४ स्थित गढी प्रदेश र संघीय सरकारबाट ओझेलमा परेको छ ।

Muktinath Bank

हरेक शनिवार र बिदाका दिनमा औसत ५ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गढी क्षेत्रको विकासका लागि प्रदेश सरकारले वास्ता नगर्दा स्थानीय निराश भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ मनाइरहेको समयमा मन्दिर, विभिन्न सहकारी संस्था, प्रतिष्ठान, विभिन्न जिल्लामा पदमार्गजस्ता कार्यक्रम ल्याएपनि सुर्खेतको सबैभन्दा चर्चित गढीले भने सरकारको ध्यान खिच्न सकेन ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगर–१४ स्थित ऐतिहासिक गढी, रातानांग्ला, सिद्धपाइला मन्दिर, लादे भ्यू टावर, भोटेगढी, बटुक भैरव मन्दिरजस्ता पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकार र संघीय सरकारले बजेट नदिँदा समस्या भएको स्थानीय हरिकला सारुले बताइन् । उनले सरकारले पर्यटन क्षेत्रको विकास गर्ने भनेर ल्याएको बजेटमा १ रुपैयाँ पनि वडामा नपर्नु बिडम्बना भएको बताइन् ।

Vianet communication
Laxmi Bank

‘पर्यटन प्रवद्र्धन गर्न भन्दै अन्य वडामा करोडौं बजेट विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘तर हाम्रो पर्यटकीय क्षेत्रको विकासका लागि कोही कसैले चासो देखाएनन् ।’ सरकारले तत्काल कार्यान्वयन गर्न सक्ने र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा गढी क्षेत्रलाई लिनुपर्ने सुझाव उनले दिइन् ।

‘जुनसुकै क्षेत्रमा गएको बजेटमा पद र पहुँचको बिगबिगी हामीले देखेका छौं,’ उनले भनिन्, ‘आवश्यकताका आधारमा सरकारले बजेट विनियोजन गर्न सकेको खण्डमा मात्रै समुचित विकास हुन्छ । नभए विगतको जस्तै आफ्नै हात जगन्नाथ हुन बेर छैन ।’

स्थानीय मोहनप्रसाद चालिसेले नजिक रहेको सरकारबाट पनि वडा हेपिएको बताए । ‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा लगायतलाई गढी समेतका पर्यटकीय क्षेत्रको अवलोकन गराएका थियौं,’ उनले भने, ‘उहाँहरूले आश्वासन दिनुभयो, बजेट दिनुभएन ।’ उनले सरकारले आफूले चाहेको ठाउँमा मात्रै बजेट विनियोजन गरेको आरोप लगाए । ‘जहाँ सम्भावना छ, त्यो ठाउँमा पो बजेट लगानी गर्नुपर्यो नि सरकारले,’ उनले भने, ‘प्रतिफल नै नआउने स्थानमा बजेट दिएर कुनै पनि अर्थ छैन । सरकारले पर्यटन प्रवद्र्धनमा खर्च गरोस्, तर औचित्य र आवश्यकताका आधारमा गरोस् ।’ 

उनले पदमार्गका नाममा बजेट विनियोजन गरेर दुरुपयोग हुने खतरा बढाउनुभन्दा नजिकै आफैले निरीक्षण गर्न सकिने पर्यटकीय गन्तव्यको विकासमा सरकार लाग्नुपर्ने बताए ।

वडा नम्बर १४ का वडाध्यक्ष  टोपबहादुर दर्लामीले प्रदेश सरकार र संघीय सरकारले नगरपालिकाले विनियोजन गरेकोबाहेक अन्य बजेट केही पनि नदिएको बताए । ‘यो वर्ष हाम्रो वडामा हामीले नगरपालिकाबाट विनियोजन गरेकोबाहेक अन्यबाट शून्य बजेट रहेको छ,’ उनले भने, ‘प्रदेशको राजधानीको सबैभन्दा बढी पर्यटक आउने क्षेत्रलाई नै ओझेलमा पार्नु चिन्ताको विषय हो ।’

अध्यक्ष दर्लामीले आफूहरूले लादेमा बनाउने भनेको भ्यू टावरको डीपीआर पर्यटन मन्त्रालयमा पेश गरेको ६ महिना बितेको बताए । ‘हामीले पर्यटकीय क्षेत्र लादेमा वीरेन्द्रनगर भ्याली हेर्न भनेर भ्यू टावर बनाउने र त्यसका लागि प्रदेश सरकारसँग साझेदारी गर्ने भनेर ७ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ अध्यक्ष दर्लामीले भने, ‘तर हाम्रो फाइल, हामीले मन्त्रालयलाई दिएको डीपीआर मन्त्रालय ६ महिनादेखि नै थन्किएको छ । हामीले बारम्बार प्रदेश सरकारसँग सहयोग तथा साझेदारीका लागि आग्रह गर्दा पनि बजेट पाउन सकेनौं ।’ 

भ्यू टावर बनाउन १ करोड ४० लाख अनुमानित बजेट लाग्ने उनले बताए । ‘यो बजेट प्रदेश तथा केन्द्र सरकारका लागि ठूलो होइन,’ उनले लोकान्तरसँग दुखेसो पोखे, ‘मन्त्री ज्यूबाट आश्वासन पाउँदा पनि बजेट नपाउनु हाम्रो लागि दुःखद हो ।’ अध्यक्ष दर्लामीले प्रदेश सरकारबाट बजेट पाइने आशा भने बाँकी नै रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x