×

NMB BANK
NIC ASIA

मेलामा गोरखा र धादिङका समूहबीच झडप, प्रहरी घाइते

मंसिर ३, २०७५

NTC
Premier Steels

धादिङ–मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ । 

Muktinath Bank

बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि उक्त घटना भएको र पछि दुवै पक्षबीच झडप भएपछि प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । घाइते प्रहरीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झडपमा धादिङतर्फका अर्का एक र गोरखातर्फका अन्य दुई जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले पक्राउ गर्ने डरले फरार रहेको बुझिएको छ । घटनामा धादिङ र गोरखातर्फका सात वटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने तीन वटा सामान्य क्षति पुगेको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी तीन वटा बुलेरो गाडीमा क्षति पुगेको छ । जात्रामा भएको घटनालाई सामान्यीकरण गर्न र एकापसमा मिलेर विकास गर्नका लागि गोरखातर्फका जनप्रतिनिधिसँग आफूले छलफल शुरु गरेकाले दुवै पक्ष बसेर छलफल गरी मिलाउने पक्षमा आफू लागिपरेको ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण काप्रीले बताए । 

Vianet communication

घटनाको अनुसन्धान गर्न र दोषी ठहरिएकालाई कारवाही गर्न पक्राउ आदेशसमेत लिएर धादिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको भए पनि सोमबार बेलुकासम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x