×

NMB BANK
NIC ASIA

'एसएमएस'बाट प्रसूति सेवा, गर्भवतीकोे तथ्याङ्क पनि मोबाइलबाटै

मंसिर ४, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

बैतडी-जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । 

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो ।

Muktinath Bank

गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताउनुभयो । पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरक्षित सुत्केरी सेवा लिने बढे 
बैतडीमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यहाँका धेरै महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । पहिलेपहिले घरमै सुत्केरी हुने महिला आजभोलि सुत्केरी हुन स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने नागरिकमा चेतनाको विस्तार हुँदा महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन पुग्ने गरेका छन् । 

सरकारले स्वास्थ्य संस्थामा गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक जाँच गराउँदा रु ८०० र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा रु दुई हजार भत्ता दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्ेने महिलाको सङ्ख्या बढेको देहीमाडौँ स्वास्थ्यचौकीकी अनमी बोहराले बताउनुभयो । साउन महीनाबाट अहिलेसम्म २८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । 

यस्तै पछिल्लो समय केही कारणवश घरमै सुत्केरी भइहाले पनि सुत्केरी आमा स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । सुत्केरी भएको २४ घण्टामा स्वास्थ्य संस्थामा पुगेपछि पनि सुत्केरी आमाले सुत्केरी भत्ता पाउने गरेका छन् । साथै बोहोराले आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेमा जोड दिइएको बताउनुभयो । 

गर्भवतीकोे तथ्याङ्क मोबाइलबाटै 
मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x