पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मैले राजनीति अलिअलि थाहा पाउन थाल्दा २०३३/३४ सालतिर पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलन चलमलाउन थालेको थियो । हामी साना केटाकेटी हरियो घाँसले सेता भित्तामा पञ्चायती व्यवस्थाबिरुद्ध नारा लेखेर रमाउँथ्यौं । बिस्तारै हामी पनि बढ्दै गयौं । २०३६, २०४६ हुँदै २०६३ सालसम्मका आन्दोलन र परिवर्तनको कतै सहभागी तथा कतै दर्शक हुँदै अनुभव गर्दै आयौ ।
योबीच नामहरू धेरै फेरिए, भूमिकामा विभिन्न नामका पात्रहरू देखिँदै गए । तर काम गर्ने तौरतरिकामा तात्विक भिन्नता आउन सकेन । रुपान्तरणको सपना बोकेर बाल्यकालदेखि हिँड्न थालिएको ३ दशकभन्दा बढी बितिसकेको छ । तर हाम्रा सपनाका यात्रा अधुरै छन् । मुख्य कारण एउटै छ – हामी नाम फेर्न माहिर भयौं, काम फेर्न कोही तयार भएनौं ।
मैले परिवर्तनको सपना देख्न थाल्दा म स्वयं पूर्णतः किसान परिवारको प्रतिनिधित्व गर्थे र स्कूलपछिको साँझबिहान विभिन्न कृषि कर्मसँग जोडिएको थिए । त्यो बेला नेपाल खाद्यान्न उत्पादनमा आत्मनिर्भर मात्र होइन, निर्यातक थियो । पूर्वी नेपालमा जुटखेती मुख्य नगदे बालीको रुपमा थियो । सायद किसान आजभन्दा बढी खुसी थिए । हाम्रोतिर कामको खोजीमा हजारौं भारतीय आउने गर्थे । तिनीहरूको जीविकोपार्जनको पनि एक महत्त्वपूर्ण स्रोत थियो नेपालको कृषि ।
आज मेरो त्यो बेलाको अवस्था मेरो छोराछोरीले पनि पार गरिसकेका छन् । म बिस्तारै बुढ्यौलीतिर लम्कँदै छु । त्यो बेला निकै आशावादी र उत्साहित रहेको मेरो बाल्यकाल र युवावस्थालाई आजका युवासँग दाजेर हेर्दा उनीहरूमा असन्तुष्टि, निराशा र सरकारप्रति चरम आक्रोश निरन्तर बढिरहेको देख्छु । अरु जेसुकै भनेपनि त्यसको मुख्य कारण हामीले काम गर्न नसक्नु नै हो । सायद हामीले (सरकार, कर्मचारी र अरु सबै विकासको नाममा संलग्न भएकाहरू) राम्रो काम गरेको भए, उपलब्धी हासिल हुन्थे होला, केही सपना पूरा हुने थिए होला र आजको युवाले बाँकी सपना पूरा गर्ने सपना सजाउँथ्यो होला । उनीहरू उर्जाशील, आशावादी र सिर्जनशील हुन्थे होला । उनीहरूमा आक्रोश होइन, उल्लास हुन्थ्यो होला ।
समयक्रमसँगै मैले ठूलो संसार नजिकबाट नियाल्न पाए । संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढ्न पाए । संसारभरी कृषि विकास हाँक्ने मानिसलाई नजिकबाट नियाल्न र संगत गर्न पाए । त्यसले ममा पनि त्यस्तै सपना देख्ने बानी बसाइदियो । त्यो सबबाट मैले सिकेको कुरा भनेको ‘रुपान्तरण नामबाट होइन, कामबाट आउने रहेछ’ । हामीले बदल्ने भनेको नाम होइन, काम गर्ने तौरतरिका रहेछ । अनि उद्देश्य प्राप्तिको दृढ अठोट रहेछ । त्यसको विपरीत हामी सधैं ‘लम्बेतान कार्यविधिको माखेसाङ्गलोमा’ अल्झिरह्यौं ।
हाम्रा उद्देश्य गौण भए र कागजी प्रक्रिया मुख्य हुँदै आयो । हामीलाई कार्यक्रमको परिणामको कुनै मतलब भएन । तर कागजी प्रक्रियाको वरिपरि हामी घुमिरह्यौं । भ्रष्टाचार कम गर्ने नाममा हामी लम्बेतान कागजी प्रक्रिया र कार्यविधि बनाउन लाग्यौ र त्यही कागजी प्रक्रियाको तानाबाना मिलायर भ्रष्टाचार झन्झन् मौलाउँदै गयो । फेरि पनि हामी चेतेका छैनौ वा त्यसैमा अभ्यस्त भएर हो त्यसैमा रमाइरहेका छौ र अर्को नयाँ नाम फेरेर फेरि पुरानै रक्सी बेचिरहेका छौं । आँखिर कहिलेसम्म ?
यदि कामभन्दा नाम महत्त्वपूर्ण हुन्थ्यो भने हाम्रो नजिकैको बिहारदेखि भुटान, भियतनाम, कम्बोडिया, मलेसिया, रुवान्डा, इथियोपिया, चीन, भारत र अरु धेरै धेरै देशले आज तीब्र विकास गरिरहेका हुने थिएनन् । उनीहरूका नाम पनि भिन्दाभिन्दै छन् । राजनैतिक व्यवस्था पनि भिन्दाभिन्दै छन् । तर काम एउटै छ, त्यो हो विकास र सकारात्मक रुपान्तरण । तर हामी सबैतिर नाममा अल्झिएका छौ । नामकै लागि लडाइ लडिरहेका छौं । ‘रोटी र बिरालाको कथा’जस्तै र छट्टु बाँदरले रोटी खाइरहेको छ । हामी आफैंमा आक्रोश, निराशा र असन्तुष्टि पालेर समय काटिरहेका छौं ।
म कृषिको मान्छे । मैले जानेको भनेको धान, मकै, तरकारी जेसुकै होस् राम्रो फलाउने हो भने बदल्ने भनेको हाम्रो काम नै हो । सिकाउने प्राविधिकको काम, खेती गर्ने किसानको काम, कृषि सामग्रीको आपूर्ति गर्ने आपूर्तिकर्ताको काम, उत्पादन खरिद गर्ने व्यापारीको काम र उत्पादन प्रशोधन गर्ने उद्योगीको काम । यी सबैले आ–आफ्ना कामप्रति इमान्दार हुँदै आ–आफ्ना काम सकारात्मक रुपमा बदल्ने हो भने परिवर्तन कठिन छैन ।
आजको दिनमा नयाँ कुरा सिक्न चाहनेलाई सिकाइ सहज भएको छ, केवल सिक्ने चाहना हुनुपर्यो । बदल्नुपर्ने कुरा अरु नै छन् । सरकारले किसानको लागि छुट्याएको कुरा वास्तविक किसानले सहज पाउन सकून्, त्यो मिलाउन कर्मचारीले आफ्नो काम बदल्ने हो । जसले आफूलाई किसान भन्छन्, उनीहरू आफ्नो पेशालाई चाहिने सीप सिक्न र त्यसको प्रयोग गर्न आफ्नो काम बदल्ने हो । कृषि सामग्रीका आपूर्तिकर्ताले बिना बहाना समयमा आवश्यक सामग्रीको आपूर्ति गर्न आफ्नो काम बदल्ने हो ।
यसरी नै व्यापारी, उद्योगपतिले ‘उत्पादक रहे हामी पनि रहन्छौं’ भन्ने सोचका साथ आ–आफ्ना काम बदल्ने हो । यसरी हामीले रुपान्तरणको सकारात्मक बाटो बनाउन सक्छौ र सामुहिक रुपमा हाम्रो सपनाको गन्तव्यतर्फ अगाडि बढ्न सक्छौं ।
अन्त्यमा उद्देश्यविहीन भएर नाम परिवर्तनमा माहिर बन्दै गएका र त्यसैको सेरोफेरोमा सधैंभरी लडाइ लडिरहेका हामीहरू आ–आफ्नो बानी फेरेर नाम होइन, काम बदल्ने अभियानमा लागौ । दशकौदेखिको हाम्रो रुपान्तरणको सपना नाम बदलेर पूरा हुनेवाला छैन । उद्देश्य र उपलब्धी केन्द्रित भएर आ–आफ्ना काम बदलौं, हामीले देश बदल्न सक्छौं ।
(लेखक विराटनगरका वासिन्दा हुन् ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...