इजरायलसँग तालमेल गरेको अभियोगमा छ जनालाई फाँसीको फैसला

मंसिर १७, २०७५

गाजा सिटि- गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय तोकेको छ । 
इजरालीसँग संदिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । 
छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ । फाँसीको सजाय पाउनेमा अमाल नामकी एक महिला मात्रै रहेको अधिकारीहरुले बताएका छन् । 
हमास र त्यसको गठबन्धनले इजरायलसँग गत सन् २००८ देखि युद्ध लड्दै आएको छ । 


ADVERTISEMENT

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस