×

NMB BANK
NIC ASIA

सरकारले क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनकः राणा

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । 
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँदछ ।’ 
आफूहरु धर्मनिरपेक्षताको विरोधी भएको सुनाउँदै उनले भने,‘जब यो राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो, तब यो मुलुकको मौलिक परिचय नै मेटियो । हामीले संविधान पारित हुने बखतपनि धर्मनिरपेक्षताप्रति गम्भिर असन्तुष्टि र असहमति दर्ज गराएका थियौं ।’
अहिले सरकारले जुन ढंगबाट क्रिश्चियन धर्मको कुरालाई लिएर अगाडि बढाउने प्रयत्न गर्यो त्यो गलत भएको उनको टिप्पणी छ । राणाले थपे,‘धर्मनिरपेक्षतालाई मान्ने पार्टी चाहे त्यसका नेता माधव नेपाल हुन् वा चाहे त्यो हालको प्रधानमन्त्री होस्, उहाँहरु धर्मनिरपेक्षताको पक्षमा आफ्नो विचार स्पष्ट गरेका व्यक्ति हुन् । तर, अस्तिको एशिया प्यासिफिक समिटको नाममा जुन ढंगबाट एउटा धर्मको (क्रिश्चियन धर्म)को पक्षमा उहाँहरु अगाडि सर्नुभयो । सरकारको साधन, स्रोतलाई दुरुपयोग गरेर यसको पक्षमा प्रयोग गर्नुभयो । यो उहाँहरुले नै भनेको कुराको ठीक उल्टो गरेको छ ।’
माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी कदम भएको अध्यक्ष राणाको आरोप छ । उनले भने,‘यो साम्यवाद विरोधी कदम हो । साम्यवादले कुनै एक धर्मलाई प्रचार गर्न दिँदैन् । यो सबै हुँदाहुँदै पनि किन यस्तो भैरहेको छ ? कतै यो मुलुकलाई अर्कै दिशामा लैजाने षड्यन्त्र त भएको छैन ? यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने षड्यन्त्रमा सरकार औजार भएर निस्केको त छैन भन्ने हामीलाई शंका लागेको छ ।’
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली आएर लामो भाषण दिएर सबैलाई प्रभावित पारेर फर्किएका छन् । लोकतन्त्रवादी नेतृ आङ साङ सुकी पनि आएकी छिन् । कार्यक्रमको प्रस्तुती हेर्दा यसले धर्म प्रचारको सन्देश गएको मलाई लाग्दैन् ।’

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x