व्यापारिक केन्द्रमा विस्फोट : तीन जनाकाे मृत्यु, २४ घाइते

मंसिर १९, २०७५

क्वालालम्पूर-  मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ । मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् । 

मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ । सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७:३७ मा भएको थियो । 

उहाँले थप्नुभयो, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ । विगत केही बर्ष यता उक्त शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोट कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।” 
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस