×

NMB BANK
NIC ASIA

मन्त्रीहरू दिनहुँ हिँड्ने सडकमै ठेकेदारको चरम ढिलासुस्ती, म्याद थपिएको थपियै

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रूपन्देहीमा निर्माणाधीन राष्ट्रिय महत्त्वको आयोजनाका रूपमा रहेको बुटवल–बेलहिया (सुनौली) ‘सिक्स लेन’ सडक विस्तार कछुवा गतिमा अगाडि बढेको छ ।

Muktinath Bank

सडक निर्माणमा विलम्ब हुँदा तिलोत्तमा नगरबासीदेखि बुटवल भैरहवा यात्रा गर्ने सयौं यात्रुले धुलोको प्रत्यक्ष मारमा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यापारिक मार्ग विस्तार आयोजनाले ठेकेदार कम्पनीहरूको पटक–पटक थपिदिँदा २०६८ सालदेखि निर्माण निर्माण शुरू गरिएको सडक झण्डै ८ वर्ष हुन लाग्दा समेत पूरा हुन सकेको छैन । म्याद पटक–पटक थपिदिने तर काम नसक्दा कुनै दबाब नदिँदा आयोजनाप्रति जनताको आक्रोश बढेको छ । 


Advertisment
Nabil box
Kumari

यो बाटो प्रत्येक दिन बिहान बेलुका ५ नम्बर प्रदेशका ४ मन्त्री (बैजनाथ चौधरी, सुदर्शन बराल, लिला गिरी, आरती पौडेल र उपसभामुख कृष्णी थारु) पनि यात्रा गर्छन् । उनीहरूले पनि दैनिक रूपमा हिँड्दा यो बाटोको सास्ती खेपेका छन् ।

Vianet communication
Laxmi Bank

गएको दशैंसम्म निर्माण सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरिने बताइए पनि फेरि आउँदो चैतसम्मको म्याद ठेकेदारलाई थमौती दिइएको छ । दशैंसम्म यात्रु सरर बुटवल भैरहवा यात्रा गर्न पाउँछन भनेको आयोजनाले फेरि २०७६ बैशाखदेखि बुटवल भैरहवा सरर हुन्छ भन्न थालेको छ । 

निर्माण गति सुस्त हुँदा सर्वसाधारणले विगत झण्डै ४ वर्षदेखि यो सडक सस्ती खेपेर यात्रा गर्न बाध्य छन । २७ किलोमिटरको यो सडकको अझै १५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । 

तिलोत्तमाको मणिग्रामदेखि भैरहवाको गोदार इन्जिनियरिङसम्म ठाउँ–ठाउँमा निर्माणको काम भइरहेको छ । जहाँ यात्रा गर्ने यात्रुले अचाक्ली धुलोले, वरपरका घर सेताम्म देखिन्छन । 

निर्माण बाँकी क्षेत्रमा चार वटा ठेकेदारले काम गरिरहेका छन् । टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले २ ठाउँ मणिग्रामदेखि सुनैनापथसम्म र मधवलियादेखि लखनचोकसम्म, त्यस्तै कालिका रायमाझी जेभीले सुनैनापथदेखि मधवलियासम्म र श्रेष्ठ एपेक्स जेभीले लखनचोकदेखि गोदार इन्जिनियरिङसम्म काम गरिरहेका छन् । यी ४ वटै ठेकेदारको म्याद आयोजनाले चैतसम्म फेरि थमौती दिएको छ । 

आयोजनाका इन्जिनियर तथा प्रवक्ता गोविन्द श्रेष्ठले चैतभित्र सडक निर्माण नभए म्याद थप नगर्ने दावी गरे । आयोजनाले चैतसम्म सकिने दावी गरे पनि सडक कहिले पूरा हुने, टुंगो छैन । ‘८५ प्रतिशत काम सम्पन्न भइसकेको छ’ इन्जिनियर श्रेष्ठले भने, ‘यस अगाडि ३ वटा समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गरिएको छ, अहिले सडक विस्तार कार्यले गति लिएको छ । यही गतिमा निर्माण कार्य अगाडि बढे चैत मसान्तसम्म सडक विस्तार पूरा हुन्छ ।’ 
हालसम्म २२ किलोमिटर सडक कालोपत्रे भएको छ । अब ५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाको दावी छ । भने कालोपत्रे भएका सडकको सर्भिस ट्रयाक भने धेरै निर्माण बाँकी छ । 

आयोजनाका अर्का इन्जिनियर योगन्द्र बहादुर अधिकारीले काम गर्ने बाँकी क्षेत्रका ४ वटा ठेकेदार कम्पनीहरूलाई काम तीब्र रूपमा गर्न दबाब दिएको बताए । ‘नियममा पाउने बाहेकमा ठेकेदारलाई म्याद बढाएका छैनौं,’ उनले भने, ‘अनुगमन र दबाब तीव्र पारेका छौं ।’ 

‘चुनाव, बन्दर हड्ताल लगायतका कारण ठेकेदारको म्याद थपियो । ठेकेदारको म्याद थपिनु र निरन्तरको वर्षाले निर्माणमा ढिलाइ भयो । अब कुनै पनि चार वटै ठेकेदारको म्याद थपिँदैन,’ अधिकारीले भने । सिक्स लेनमा नैं असारसम्म सम्पन्न गर्ने गरी १० वटा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण थालिएका थिए । तीमध्ये कुनै पनि पुल निर्माण पूरा हुन सकेका छैनन । 

अदालतको आदेशका कारण रोकिएको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार कार्य शुरू हुन सकेको छैन । अदालतको कारण सडक विस्तार अलपत्र बन्यो । आफ्नो घर आफै भत्काउन थालेका केही घरधनीहरूले फेरि पछि हटेका छन् । ४ लेन रहेको यो सडक सर्वोच्च अदालतको फैसलाका कारण विगत ३ वर्षदेखि विस्तारको काम सुरू हुन सकेको छैन । 

३ अर्ब ५० करोड अनुमानित लागतमा आयोजना शुरू भएको थियो । समय लम्बिँदै जाँदा लागतसमेत थपिँदै गएको छ । पछिल्लो मूल्यांकनमा २ अर्ब ३६ करोडबाट बढेर ५ अर्ब ८६ करोड पुगेको छ । आयोजनाका अनुसार बाँकी सडक निर्माण गर्न अझै करीब ४० हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ । 

यसअघि पनि रूपन्देहीबाट नदीजन्य पदार्थ उपलब्ध नभएपछि ठेकेदार कम्पनीले पाल्पा, दाङ र नवलपरासीबाट ल्याएका थिए । आयोजनाले  गत वर्ष समयमा काम नगर्ने २ ठेकेदार कम्पनीलाई जरिवाना तिराएको छ । 

कालिका तामाङ प्यासिफिक जेबीलाई ३ करोड ८६ लाख, अलकापुरी निर्माण सेवाले पनि ६९ हजार जरिवाना तिराएको अधिकारीले जानकारी दिए । हालसम्म आयोजनाको कूल बजेटमध्ये ४ अर्ब ४६ करोड रूपैयाँ खर्च भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x