शेयर बजारबारे सुझाव पेश गर्न समिति गठन

मंसिर २०, २०७५

काठमाडौँ– सरकारले पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा वित्तिय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजी बजारमा लगानीका समस्या पहिल्याएर सात दिनभित्र सुझाव पेश गर्न समिति गठन गरेको छ । 

अर्थमन्त्रालयले नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधिलाई समितिको सदस्य तोकेको छ । 


ADVERTISEMENT

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस