×

NMB BANK
NIC ASIA

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा हेदर नावर्टको नाम सिफारिश

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले परराष्ट्र मन्त्रालयकी प्रवक्ता हेदर नावर्टलाई संयुक्त राष्ट्रसंघको नयाँ राजदूतका रूपमा घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् । 

नावर्ट पहिले फक्स न्युजमा कार्यक्रम प्रस्तोता थिइन् र त्यही फक्सले पनि उनलाई राजदूत बनाइन लागेको खबर दियो । 

बहालवाला राजदूत निक्की हेलीले अक्टोबर महिनामा पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । उनी डिसेम्बर ३० सम्म मात्र पदमा रहनेछिन् । 

अडचालीस वर्षीया नावर्टलाई सन् २०१७ को अप्रिल महिनामा प्रवक्ता बनाइएको थियो । उनी सरकारी पदमा पहिलोपटक नियुक्त भएकी हुन् । 

ट्रम्पले यो नियुक्तिका विषयमा शुक्रवार ट्वीट गर्ने फक्स न्युजले जानकारी दियो । ब्लूमबर्गले चाहिँ नावर्टलाई नियुक्त गर्ने निर्णयका विषयमा तीन स्रोतबाट जानकारी आएको जनायो । 

Muktinath Bank

परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरेन । 

ब्लूमबर्गले नावर्ट यो पदका लागि अपरम्परागत विकल्प रहेको बतायो किनकि उनीसँग सरकारी पदको वा परराष्ट्रनीतिको एकदमै कम अनुभव छ । परराष्ट्र मन्त्रालयमा नियुक्त भएपछि नावर्टलाई सार्वजनिक कूटनीति र सार्वजनिक
मामिलाका उपसचिवका रूपमा यसै वर्षको मार्च महिनामा नियुक्त गरिएको हो । 

उनलाई राष्ट्रसंघमा नियुक्त गरिएपछि त्यसलाई अमेरिकी सिनेटले समर्थन गर्नुपर्छ ।

बीबीसीबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x