×

NMB BANK
NIC ASIA

नेकपाभित्र विवाद चुलियो, प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो । 

Muktinath Bank

यसैबीच, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । शीर्ष चार नेताले बैठक बहिष्कार गरेपछि नेकपा भित्रको विवाद छताछुल्ल भएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरु अपमानित भएको महसुस गरेको उनीहरुले प्रतिकृया दिएका छन् । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । 
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै नेकपामा असन्तुष्टि छ । महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो । 

Vianet communication
Laxmi Bank

हत्यारा विधिसम्मत ढंगले सार्वजनिक हुन्छन्–उपप्रधानमन्त्री
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले पत्ता लगाइसकेको र केहि दिनमै सार्वजनिक गर्ने बताएका छन् । निर्मलाका हत्यारालाई सरकारले विधिसम्मत ढंगले सार्वजनिक गर्ने उनको भनाइ छ । 

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री पोखरेलले अब राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना पनि रहेको बताए । प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरबाट कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे ।

तर, नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्मला पन्त बलात्कार र हत्यामा सरकार ‘नव युवराज’लाई जोगाउन लागिपरेको दाबी गरेका छन् । राजधानीमा भएको कार्यक्रममा उनले प्रहरीले बनाएका नयाँ अभियुक्त नक्कली भएको आशंका बलियो रहेको बताए ।

दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण 
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६  प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र परीक्षामा  एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो । 

विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ ।

विरोध गर्नेलाई कामबाट जवाफ दिन्छौंः प्रधानमन्त्री
सरकारले आफ्नो विरोध गर्नेलाई कामबाट जवाफ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसले सरकारको विरोध गरेको उल्लेख गर्दै कामबाट उनीहरुलाई जवाफ दिने बताउनु भएको हो ।
नेपाल प्रगतिशील इञ्जिनियर एशोसिएशनका पदाधिकारीसँग शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनताको जनमतको सम्मान गर्दै सरकारले काम गरिराखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी सरकारले काम गरिरहेको दाबी गर्नु भयो ।

कांग्रेस केन्द्रीय समिति बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी थप्नु उचित नै हुने तर पदाधिकारी थप्दा समावेशी प्रतिनिधित्वको आधारमा हुनुपर्ने अडानमा छन् ।

गत हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा विधानमाथि धारणा राख्ने क्रममा पौडेल पक्षका केन्द्रीय सदस्य सबै पदाधिकारी थप्नुपर्ने भएपनि सभापति देउवा पक्षका माथिल्लो तहका नेताहरु पदाधिकारी थप्ने पक्षमा छैनन् । पदाधिकारी थप्ने पक्षमा रहेकाहरुले पनि समावेशी बनाउनुपर्ने बताइरहेका छन् । 

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र 
सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । 

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ 
काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।

काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।

नेकपा कर्णाली प्रदेशको प्रथम बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले एकताको सन्देश बस्ती–बस्तीसम्म पु¥याउन एकमहिने अभियान थाल्ने निर्णय गरेको छ । शनिबार सम्पन्न नेकपाको पहिलो बैठकले पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए । 

उनका अनुसार बैठकबाट पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुवै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरिएको छ । बैठकले साबिक एमाले र माओवादी केन्द्रका सङ्गठित सदस्यहरुको तथ्याङ्क अभिलेखीकरण, चलअचल सम्पत्तिको एकीकृत व्यवस्थापन, प्रदेश कार्यालय स्थापना तथा व्यवस्थापन र बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको छ । 

श्रृङ्खला मिस वर्ल्डको टप १२ मै सीमित
नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेका थिए ।
यसैबिच, यो वर्षको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् ।

विराटनगरको विजयी शुरुवात
करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले पराजित गर्दै विराटनगरले विजयी शुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको मध्यम स्कोर बनाएको थियो । एक सय ५ रनको विजयी लक्ष्यमा विराटनगरले दुई बल बाँकी हुँदा पूरा ग¥यो । जितसँगै विराटनगरले दुई अङ्क जोडेको छ ।
लिगअन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर प्याट्रियस र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x