×

NMB BANK
NIC ASIA

प्रदेश सरकारले हवाई टिकटमा अनुदान दिने, प्रतिटिकट १ हजार रुपैयाँ

मंसिर २६, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेश सरकारले हुम्ला र डोल्पाका ६० वर्षभन्दा बढी उमेर भएका र पूर्ण अपाङ्गता भएका नागरिकलाई हुम्ला र डोल्पाबाट हवाइजहाजमा यात्रा गर्दा प्रतिटिकट १ हजार रुपैयाँ अनुदान दिने भएको छ । 

Muktinath Bank

सरकारले चालू आर्थिक वर्षमा हवाई टिकट अनुदान कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट विनियोजन भएपनि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले पूर्ण अपाङ्गता तथा ज्येष्ठ नागरिकका लागि हवाई सहुलियत सम्बन्धी कार्यविधि बनेका कारण अब पुस १ गतेदेखि नागरिकले सेवा पाउने भएको जानकारी दिए ।

Vianet communication

उनका अनुसार हुम्ला र डोल्पा जिल्लाका पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकले हवाई सेवा प्रयोग गर्दा प्रतिटिकट १ हजार रुपैयाँ पाउने छन् ।

कार्यविधि अनुसार प्रदेश अन्तर्गतका हुम्ला र डोल्पा जिल्लाबाट प्रदेश राजधानी सुर्खेत र नेपालगञ्ज तथा प्रदेश राजधानी र नेपालगञ्जबाट हुम्ला र डोल्पा जिल्लामा उडान भर्ने हवाई रुटमा यात्रा गर्ने नागरिकलाई दिइने छ ।

नागरिकलाई दिइने अनुदान रकम डिभिजन वन कार्यालय डोल्पा, डिभिजन वन कार्यालय हुम्ला र प्रदेश वन निर्देशनालयबाट दिइने व्यवस्था गरिएको सचिव प्रधानले बताए ।

उनका अनुसार सहुलियत अनुदान लिनको लागि टिकट, नागरिकताको प्रमाणपत्र, ज्येष्ठ वा अपाङ्गता परिचयपत्रको प्रमाणपत्रका प्रतिलिपि सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ ।

मन्त्री नन्दसिंह बुढाले सहुलियतले जनतालाई राहत दिने बताए । ‘हामीले यो कार्यक्रमको लागि भनेर चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘त्यो रकमबाट नै हामीले प्रतिटिकट १ हजार सहुलियत अनुदान दिनेछौं ।’ उनले मन्त्रालयले कार्यविधि बनाइसकेको र कार्यविधि पुस १ गतेबाट लागू हुने जानकारी दिए ।

कार्यक्रमको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि सबै बजेट खर्च नहुने बताए । ‘यो वर्षको ५ महिना बितिसकेको छ,’ उनले भने ‘अब ७ महिनामा बढीमा ३० लाख खर्च हुने मेरो अनुमान छ ।’ उनले हुम्ला र डोल्पाका नागरिकलाई सहुलियत लिन आह्वान समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x