×

NMB BANK
NIC ASIA

मोरङका १७ वटै स्थानीय तहमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

मंसिर २७, २०७५

NTC
Premier Steels

विराटनगर-मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो । ‘बर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् । 

धनपालथान गाउँपालिकाले ‘बर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई रु पाँच हजारका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय प्रदान गर्ने निर्णयसमेत गरेको छ ।बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताउनुभयो । सेवा सञ्चालनमा आएपछि प्रसूति गराउन सहज भएको सोही गाउँपालिकाका–३ वथुनीदेवी यादवको भनाइ थियो । 

विगतमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालनमा नहुँदा सामान्य प्रसूतिका लागि विराटनगरको कोशी अञ्चल अस्पताललगायत अन्य निजी नर्सिङहोममा आउने बाध्यता समेत अन्त्य भएको छ । स्थानीय निकायमा उक्त सेवा सञ्चालन भएपछि विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन् । 

प्रसूति सेवाका कुनै खर्च नलाग्ने तथा सहज रूपमा आफ्नै क्षेत्रमा सेवा प्राप्त भएकामा धनपाल¬–¬२ की रामदुलारी महतोले खुशी व्यक्त गर्दै उक्त सेवालाई अझ विस्तारमा जोड दिनुभयो । सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन गर्नु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आउने सङ्ख्यामा वृद्धिले आमा तथा बच्चाको मृत्यु सङ्ख्यामा समेत न्यूनीकरण गर्न सहयोग पुगेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x