×

NMB BANK
NIC ASIA

काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– काठमाडौं महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा –२०७५’  को सुभारम्भ गरेको छ । 

Muktinath Bank

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको सुभारम्भ गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको सुभारम्भ गर्दै मेयर शाक्यले सरकारले अघि बढाएको ‘खुशी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘खुशी नेपाली समृद्ध नेपालको नारा जसले बनायो उसको मात्रै होइन । समृद्ध नेपाल हामी सबैको चाहना हो,’ मेयर शाक्यले भने, ‘हामी सबैले त्यो नारालाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । राष्ट्र समृद्ध भयो भने मात्र हामी सुखी र खुशी बन्छौँ । सुखी र समृद्ध नेपाल बनाउनका लागि काठमाडौँ महानगरपालिका पनि समृद्ध हुनुपर्छ । काठमाडौँ समृद्ध बनाउन युवा र विज्ञहरुले पनि साथ दिनुपर्छ ।’ 
उनले समृद्ध महानगरपालिका बनाउन युवा र विज्ञहरुको समेत साथ लिएर महानगरपालिका अघि बढेको बताए । 

Vianet communication
Laxmi Bank

‘सकारात्मक सोँचका साथ अघि बढ्ने हो भने सबै सफल बन्न सकिन्छ,’ उनले महानगरपालिकालाई परिवारको संज्ञा दिदैँ भने, ‘एउटा घर–परिवार सफल बनाउन आमा–बुवा अथवा अविभावको जस्तो भूमिका हुन्छ । महानगर सफल बनाउन पनि हामी जनप्रतिनिधिको त्यस्तै भूमिका हुनुपर्छ । महानगरको विकासका लागि एउटै सोँच लिएर हामी हिड्ने हो भने असम्भव केही छैन । हामी नै नमिल्ने हो भन अशान्ति हुन्छ । अस्तव्यस्त हुन्छ र विकासको गति अघि बढ्दैन ।’ 

उनले काठमाडौँ महानगरपालिका मुलुककै राजधानी भएको भन्दै यहाँ करीब पचास लाख मानिस बसोबास गर्ने भएकाले सुन्दर महानगर बनाउने चाहना मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र कर्मचारी मात्रै नभई सबैको हुनुपर्नेमा जोड दिए । 

उनले वोलीमा मात्र होइन काममै स्मास्र्ट सिटी बनाउने अभियानमा महानगरपालिका लागेको पनि बताए । 

‘महानगरपालिकामा हामीले जितिसकेपछि धेरै–नीति तथा कार्यक्रममा पनि स्मार्ट शब्द प्रयोग गरेका छौँ । कानुनको पाटोबाट त्यो अघि बढेको छ । तर, व्यवहार र कार्यान्वयनमा उतार्न चाँहि केही समय लाग्ने रहेछ,’ उनले भने, ‘हामी काम गर्न चाहन्छौँ । तर त्यसलाई परिपक्क बनाउन केही समय लाग्ने रहेछ । नीति–कार्यक्रम मात्र राम्रो भएर हुँदैन त्यसको कानुनपक्ष सबै भन्दा स्मार्ट र मजबुत हुनुपर्ने रहेछ । अहिले स्वदेशमा काम गर्ने वातावरण नभएर युवा विदेश पलाएन हुनु पर्ने वाध्यता छ । करीब तीन करोड नेपाली अहिले नेपालमै केही गरेर बसेका छन् । विदेश पलाएन भएका युवाले स्वदेशमा केही गर्ने वातावरण नभएपछि विदेश पलाएन भएको भन्ने गरेका छन् । कम्तिमा पनि त्यो आरोपको अन्त्यका लागि  काठमाडौँ महानगरपालिकाले केही गर्न सक्छ कि भनेर यो सुरुवात गरेका छौँ ।’  उनले  प्रविधि, ज्ञान र सीपको प्रतिस्पर्धा गरेर त्यो प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनेलाई केही पुरस्कारको पनि व्यवस्था गरेको बताए । 

उपमेयर हरिप्रभा खड्कीले पनि सबै मिलेर महानगरको विकासमा अघि बढनु पर्ने बताइन् । 

उनले यो कार्यक्रमले स्मार्ट महानगर बनाउने सबैको चाहना पूरा हुने विश्वास व्यक्त गरिन् । प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाहरुको विदेश पलायन हुने समस्यालाई समाधान गर्दै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्ने दिशातिर यो अभियानले लैजाने दाबी गरे । 

विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने, काठमाडौ.महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने, काठमाडौंको सहरी समस्या समाधान गर्न सक्ने प्रविधिमैत्री स्टार्टअप उद्यमशीलतालाई प्रबद्र्धन गर्ने जस्ता लक्ष्य पनि कार्यक्रमले लिएको छ ।   

६ महिनासम्म चल्ने यो कार्यक्रमले  नविन सोचलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयनयोग्य बनाउनका लागि उपयुक्त वातावरण निर्माण गर्ने , महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने जस्ता लक्ष्य पनि लिएको छ ।   

यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मूख्य ४ विषयहरु समेटिएको छ भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोँचहरु प्रस्तुत गर्न महानगरपालिकाले जानकारी दिएको छ ।   

प्रतिस्पर्धालाई विभिन्न ६ चरणहरुमा विभाजन गरी सम्पन्न गरिनेछ । सबै चरणहरुमा प्रतिस्पर्धीहरुको छनौट गर्दा विषयको महत्व, उत्पादन क्षमता, ब्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारमा तोकिएको मापदण्ड अनुसार मूल्यांकन गरी मूल्यांकनबाट प्राप्त कुल अंक मध्ये सबैभन्दा बढी अंकलाई आधार मानि प्रतिस्पर्धीहरुलाई विजेताको रुपमा घोषणा गरिनेछ । प्रतिस्पर्धामा पहिलो चरणमा कम्तिमा १०० वटा नविन सोच भएका युवाहरुका समूहहरुलाई छनौट गरि विज्ञ समूहबाट करिब ३ महिना नियमित मेन्टरिङ्ग तथा तालिम दिई उनिहरुको सोँचमा निखारता ल्याईनेछ ।

छनौट भएका १०० प्रतिस्पर्धीहरु मध्येबाट ४ विषयका २४ वटा प्रतिस्पर्धी समूहलाई फाईनलको लागि छनौट गरि अर्को विशिष्ट चरणको तालिम प्रदान गरिनेछ । तालिम सकिएपछि २४ प्रतिस्प्रधीहरुलाई समुहगत रुपमा फाईनल चरणको छनौटमा सहभागी गराइनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x