×

NMB BANK
NIC ASIA

अख्तियारको हिरासत ‘हाउसफुल’, नेपालबाट गायब ३३ किलाे सुन कोलकातामा बरामद भएकाे दाबी

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरूले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाए । 

Muktinath Bank

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले हात समाएर एकताको सन्देश प्रस्तुत गरे । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गरेका थिए । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताए । वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारको हिरासत ‘हाउसफुल’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । 


Advertisment
Nabil box
Kumari

विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । ‘हिरासतको क्षमता १७–१८ हो । क्षमताभन्दा बढी भएर प्रहरी परिसर र प्रभागतिर पठाउनुपर्ने अवस्था छ’, अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘मालपोत, यातायात व्यवस्था कार्यालय र भूमिसुधारका कर्मचारी धेरै छन् ।’ 

Vianet communication
Laxmi Bank

प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासतमा बस्नेलाई खानेबस्ने सुविधा राम्रो छ । परिवार पनि भेट्न पाइन्छ । त्यसैले पक्राउ परेका व्यक्ति बाहिर बस्न चाहन्नन् । पछिल्लो समय मासिक ७ देखि १० वटासम्म घुसका मुद्दा विशेष अदालतमा दर्ता हुने गरेको अख्तियारको तथ्यांक छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, “पार्टीको साङ्गठनिक एकीकरणको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने कामका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सरकार सञ्चालनको नौ महीनाका अवधिमा सरकारले गरेका काम कारवाहीका बारेमा समीक्षा र अब सरकारले गर्नुपर्ने कार्यदिशाका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।”

नेता गौतमको पूरक प्रतिवेदन
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पु¥याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेश गरेको प्रवक्ता श्रेष्ठले बताए । 
अध्यक्ष र नेता गौतमले पेश गरेको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ । 

उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’ लागू
बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गरेको छ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ । 

दुग्धजन्य पदार्थको स्वच्छताका लागि निर्देशिका 
सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।

मन्त्रालयका अनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाई समेट्न लागिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालका अनुसार दूधमा स्वच्छता एवं गुणस्तर कायम राख्न यस्तो कार्यविधि ल्याउनुपरेको हो । मानव स्वास्थ्यसँग जोडिएको विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको हो । दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुने व्यक्तिको हातमा घाउ चोट तथा खटिरा नभएको तथा सङ्क्रामक रोग नलागेको हुनुपर्ने तथा पशु राख्ने गोठ सफा हुनुपर्ने विषयलाई निर्देशिकामा समावेश गरिएको छ । 

कर्मचारी समायोजनका लागि अनलाइन फारम
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ । समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए । 

समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ । उनका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन् । सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ ।

गायब भएको ३३ केजी सुन कोलकातामा बरामद
नेपालबाट गायब भएको साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई)ले २१ मंसिरमा ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो । 

उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ । सरकारले गत २० चैत ०७४ मा गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान समितिका तत्कालीन संयोजक ईश्वरराज पौडेलले ३३ केजी सुनसँगै कोलकातामा पक्राउ परेका दुई नेपालीको नामसँग सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम मिलेको बताए ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ । सनम शाक्य हत्यामा संलग्न भनिएका अधिकांश अभियुक्त धरान र इटहरी क्षेत्रकै छन् । उनीहरूले दुबईबाट नेपाल भित्रिएकै सुन तस्करी गर्थे । समितिका संयोजक पौडेलले पनि यो तथ्यलाई स्वीकार गरे । ‘साढे ३३ केजी सुनसँग जोडिएका अधिकांश अभियुक्त धरान, सुनसरी, इटहरी क्षेत्रका छन् । उनीहरूले दुबईबाट ल्याइएका सुन नै तस्करी गर्थे । कोलकातामा बरामद सुनको होलोग्राम हेर्दा दुबई नै देखिन्छ,’ उनले भने ।, नयाँ पत्रिकामा खबर छ ।
 

यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद 
सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ ।     गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार यातायात सेवा सञ्चालन दर्ता तथा पञ्जीकरण सम्बन्धमा बसेको सो बैठकले साविकमा यातायात समितिअन्तर्गत सञ्चालित विभिन्न यातायात सेवालाई कम्पनीमा लैजान केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख छ । कम्पनीमा लैजान कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले म्याद थप गरिएको विभागले जनाएको छ । 

बैठकले साविकका समितिअन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्यरुपमा कम्पनी, उद्योग, सहकारीमा दर्ता गरी आ–आफ्नो यातायात सेवा पञ्जीकरण गर्न फागुन मसान्तसम्मको म्याद थप गरिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । देशभर सञ्चालनमा रहेका चार लाख सवारी साधन मध्ये हालसम्म नौ हजार सवारी मात्रै कम्पनीमा आएका छन् । तीमध्ये छ हजार मात्रै यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका छन् ।

 
कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने 
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले विभिन्न कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार बैठकले कर्णाली उज्यालो र एकीकृत बस्ती विकास कार्यक्रम कार्यविधि, २०७५, हुम्लाको हिल्सामा एकीकृत भवन निर्माण कार्यविधि, २०७५, द्वन्द्वपीडित राहत वितरण कार्यविधि, २०७५ र कर्णाली प्रदेश योजना आयोग सञ्चालनसम्बन्धी प्रशासकीय कार्यविधि, २०७५ स्वीकृत गरेको हो ।
    
चाउमिन खाँदा दुई बालकको मृत्यु 
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । उनले भने, “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा शनिबार बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”
 
ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ । दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए । 

शक्तिद्वारा अठार वर्षे क्रिकेट यात्रा अन्त्य
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् ।

त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए । “टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहने छ । हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहृयौं । ती हरेक कुराहरू मलाई याद आइरहने छन्”– शक्तिले भने ।

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अङ्ंग हुन् उनी । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’ को उपमा पाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x