×

NMB BANK
NIC ASIA

अमेरिकाका इन्टिरियर सेक्रेटरी र्‍यान जिन्केले पदत्याग गर्ने

पुस १, २०७५

NTC
Premier Steels

काठमाडौं — अमेरिकामा इन्टिरियर सेक्रेटरी र्‍यान जिन्केले यसै वर्षको अन्त्यसम्ममा पदत्याग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएका छन् । ट्रम्प प्रशासनबाट बिदा हुने उनी पछिल्ला वरिष्ठ अधिकारी हुन् ।

एउटा ट्वीट लेख्दै ट्रम्पले जिन्केलाई उनको सेवाका लागि धन्यवाद दिए र उनले आफ्नो कार्यकालमा धेरै उपलब्धि हासिल गरेको बताए । 

यसै साता नयाँ इन्टिरियर सेक्रेटरी नियुक्त गर्ने पनि ट्रम्पले बताए ।

जिन्के पूर्व नेभी सील कमान्डो तथा मोन्टाना राज्यबाट पूर्व सांसद हुन् । उनले थुप्रै किसिमका नैतिक उल्लंघन गरेको आरोप लागेको छ । 

मोन्टानामा जिन्के र हालिबर्टन तेल सेवाका अध्यक्षले जमीन सम्झौतामा घोटाला गरेको आरोप लागेको भनी पोलिटिको पत्रिकाले लेख्यो । 

इन्टिरियर डिपार्टमेन्टले संघीय जग्गाजमीनहरूको पर्यवेक्षण गर्ने गर्छ । योसेमाइट र येल्लोस्टोन जस्ता राष्ट्रिय निकुञ्ज पनि उसकै क्षेत्राधिकारमा पर्छ । 

जिन्केले अमेरिकी निकुञ्ज प्रहरीको हेलिकप्टर र प्राइभेट जेटमा महंगा भ्रमण गरेको आरोप छ । 

उनले आफ्नो मन्त्रालयमा महंगो मर्मत र नवीकरण गरेकोमा पनि आलोचना भएको थियो । उनको कार्यालयमा तीनथरी ढोकालाई एक लाख ३९ हजार डलर खर्च गरेर अप्ग्रेड गरेको समाचार प्रकाशित भएका थिए । पछि उनले ७५
हजार डलरमा यो काम गराएको स्पष्ट पारे । 

जिन्केले तेल निकाल्ने र कोइला खन्ने कामलाई प्रवर्द्धन गर्ने गरेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएका वातावरणीय संरक्षण नीतिलाई पल्टाउन उनले काम गरेका थिए । 

सिनेटका वरिष्ठतम डेमोक्रेट चक शुमरले जिन्केको कठोर आलोचना गरेका छन् । 

‘यो हिले क्याबिनेट उनी विना अलि कम घिनलाग्दो हुनेछ,’ उनले ट्वीट गरे ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x