×

NMB BANK
NIC ASIA

अधुरो पढाइदेखि सफल उद्योगीसम्म : २० रुपैयाँको यात्राबाट २० करोडका मालिक

पुस १, २०७५

NTC
Premier Steels

बुटवल – रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी २०४६ सालमा रूपन्देही झर्दा २० रूपैयाँ मात्र साथमा थियो । तानसेन–बुटवलका भाडा मात्रै १४ रूपैयाँ थियो । 

Muktinath Bank

अधिकारी ६ वर्षका हुँदा उनका बाबाको मृत्यु भयो । घरका जेठा छोरा सम्पूर्ण जिम्मेवारी उनको काँधमा । एसएलसी पास गरेर आईए पढ्न बुटवल झरे उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी वाणिज्य क्याम्पसमा आइकम भर्ना भए । तर कोठाको भाडा तिर्ने, कलेजको फी तिर्ने, खाने पैसा थिएन । उनलाई ठूलो समस्या आइपर्‍यो । काम खोज्दै जाँदा उनी बुटवल औद्योगिक क्षेत्रमा रहेको मालती इन्डस्ट्रिज प्रालिमा मार्केटिकको जागिर पाए ।


Advertisment
Nabil box
Kumari

बिहान कलेज र दिउँसो जागिर गर्न थाले । मालती उद्योगले प्लास्टिकका सुथरी (डोरी) उत्पादन गर्थ्यो । केही समयपछि राजमार्ग चौराहामा किराना पसल समेत सञ्चालन गरे । 

Vianet communication

बिहान कलेज, दिउँसो जागिर र साँझ पसल गरी ३ तिर उनको व्यस्तता बढ्यो । पसल राम्रो चलेपछि एक्लै सञ्चालन गर्न समस्या भएपछि भारतमा रहेका आफ्ना भिनाजु कृष्णप्रसाद तिवारीलाई बोलाएर २ जनाले राम्रोसँग चलाए ।

उद्योगमा काम गर्दै जाँदा डोलीलाई केही उपयोगी काम प्रयोग गर्ने भनेर दिनहुँ घोत्लिन थाले । उनलाई १ दिन आइडिया फुर्‍यो । गाउँघरमा गाईभैसीलाई बाँध्ने दाम्लो बनाउँदै आएका उनले प्लास्टिकको डोरीबाट दाम्लो बनाएर बिक्री गरे कसो होला भन्ने सोचे । १ दिन आफैले काम गर्ने उद्योगबाट उनले ५ किलो (प्रतिकेजी ७० का दरले) डोरी किनेर ल्याएर रातभर दाम्ला बाटे ।

ती दाम्ला अमरपथको निलम प्लास्टिकलाई ७० रूपैयाँ ल्याएको १ सय ४० रुपैयाँका दरले प्रतिकेजी दाम्ला बेचे । ती दाम्ला उनीले हेर्दाहेर्दै सबै बिक्री भए । पसलका व्यापारीले भोलि १० किलो दाम्लो ल्याइदिन भने । उनले डोरी किनेर रातभर दाम्ला बाट्दै बिक्री गर्न थाले । उनका साथी भैरव सुवेदी र अधिकारीले रातभर दाम्ला बाटेर दिउँसो हाटबजारदेखि विभिन्न पसलमा दाम्ला बिक्री गर्न थाले ।

त्यसबाट दुवैले राम्रो आम्दामी गरे । उनले बिक्री गरेका दाम्मा गाउँगाउँमा पुग्न थाले । दाम्लाको माग हवात्तै बढ्यो । रातभर सय केजीसम्मका दाम्ला बाटेर बिक्री गर्न थाले । आफ्नै उद्योगका डोरीले दाम्ला बनाउनको उद्योगमा जानकारी भएपछि उनलाई नारायणगढबाट रसी मगाएर भएपनि दाम्ला बनाउन छाडेनन् । इन्डस्ट्रिजले उनलाई मार्केटबाट व्यवस्थापनको जिम्मेवारी दियो ।

उनको पढाइ त्यतिकै अलपत्र पर्‍यो । उनले पढाइमा ध्यान दिएनन् । उनलाई व्यवस्थापनको जिम्मेवारी दिएपछि उद्योगले आइसक्रिम पोन र मालती क्रिम बिस्कुट पनि उत्पादन गर्न थाल्यो । तर २ थप उत्पादन थालेपछि उद्योग धरासायी भएर बन्द हुन पुग्यो ।

उनले सोच बन्द उद्योग सञ्चालन गर्नुपर्छ भनेर उक्त उद्योगका सञ्चालक दलबहादुर थापा, भुपालकुमार श्रेष्ठ, नन्दीकिशोर ढकाल, डम्मरदेव अर्याल र प्रेम श्रेष्ठसँगबाट उक्त मालती उद्योग किनेर पुनः डोरी उत्पादन शुरू गरे ।

अधिकारीको नेतृत्वमा टंक कँडेल, गमप्रसाद रेश्मी, बलबहादुर थापा, तिलप्रसाद भट्टराईले बन्द उद्योग पुराना सञ्चालकबाट २० लाख रुपैयाँमा किन्ने गरी तत्काल ६ लाख रूपैयाँ दिएर पुनः सञ्चालन गरे । २०५६ बाट शुरू भएको उद्योगबाट उनले २०५९ सालसम्म राम्रो आम्दानी गरे । त्यो उद्योग २०५९ सालमा बन्द गराइयो ।

उनको हाल बुटवल रहेको स्वस्तिक ग्यासमा पनि उनको लगानी छ । गुराँस प्लास्टिक, नेपाल बल्याक बोर्ड एण्ड एलाइड उद्योग प्रालि पनि सञ्चालनमा छन् भने ५ जनाको टीमले रूपन्देहीको देवदहमा दाना उद्योग सञ्चालन गर्दैछन् ।

२० रूपैयाँबाट अहिले उनी २० करोडका मालिक बनेका छन् । अधिकारी भन्छन्, ‘सोही उद्योगबाट दैनिक ५ टन डोरी उत्पादन अहिले पनि गरिरहेको छ । जहाँ अहिले ९० मजदूर कार्यरत छन् । अधिकारीले भने, ‘इमान्दार र लगनशील भएर काम गरे एक पटक अवश्य सफल भइन्छ ।’ 

सफलताको कडी धैयता नै हो । उनी उद्योगमा सफलतासँगै संघसंस्थाको नेतृत्व पनि राम्रो गरेका छन् । उनी बुटवल औद्योगिक क्षेत्र उद्योग संघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए । फेरि उनी रूपन्देही उद्योग संघको सचिव महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष हुन् । उनी भन्छन्, ‘कामलाई सानो ठूलो भन्नु हुँदैन । आफूले लिएको लक्ष्यलाई सही ढंगले अगाडि बढाए सफलतामा पुग्न सकिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x